९ असार २०८३, मंगलवार
,
Latest
कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय शिशिर खनालद्वारा महामन्त्री पदमा उम्मेदवारी घोषणा जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द आगामी आर्थिक वर्षभित्र संघीय शिक्षा ऐन पारित गराउने गरी काम भइरहेको छः शिक्षासचिव पौडेल एमाले संसदीय दलको बैठक सुरू, समसामयिक राजनीति र भावी रणनीतिबारे छलफल हुने रास्वपा सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा आणविक निरीक्षणमा इरानको अडान संसदीय दलको बैठकमा सहभागी हुन च्यासल पुगे ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

७२ वर्ष पुगे अझै केही वर्ष सक्रिय राजनीति गर्छु: पुष्पकमल दाहाल



अ+ अ-

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफू ७२ वर्ष पुगे पनि अझै केही वर्ष सक्रिय हुने बतााउनुु भएको छ ।

सोलु–काठमाडौँ सम्पर्क मञ्चद्वारा आयोजित निर्वाचन विशेष कार्यक्रम तथा वृहत् भेलामा दाहालले आफूमा अझै केही गर्छु भन्ने जोश रहेको र युवाहरुलाई पनि प्रशस्त समय र अवसर रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो ‘म ७२ वर्ष चलिराखेको छु र पनि अझै केही वर्ष भिड्छु भन्नेमा छु भने तपाईंहरु ४० वरिपरिकाले त प्रशस्त समय छ । अवसर आउँछ ।’

कार्यक्रममा दाहालले सोलुखुम्बुमा कुन पार्टी र कुन नेताले जित्छ भन्ने कुरालाई संसारले चासोका साथ हेर्ने बताउनु भयो ।

उहाँले सोलुखुम्बुका मतदातालाई नेकपा उम्मेदवार असिम राईलाई तारा चुनाव चिन्हमा अत्यधिक मतसहित विजयी गराउन आग्रह गर्नुभयो । उहाँले असिम राईलाई जिताएर पठाएमा सोलुखुम्बुको विकासका लागि आवश्यक सबै काम आफूले गर्ने दाबी गर्नुभयो ।

सोलुखुम्बुको विकासका लागि सडक सञ्जाल विस्तार, पर्यटन प्रवद्र्धन, पर्वतारोहण व्यवस्थापन तथा अन्तर्राष्ट्रियस्तरमा ऊर्जा शक्तिको विकासलगायत क्षेत्रमा आफ्नो पूर्ण सहयोग रहने उहाँले प्रतिवद्धता जनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘सोलुखुम्बु संसारको सबैभन्दा अग्लो शिखर सगरमाथाको काखको जिल्ला । संसारले हेर्छ, संसारले चिन्छ, सोलुमा कुन पार्टीले जित्यो ? कुन नेताले जित्यो भन्ने कुराको अर्थ राष्ट्रिय रुपमा मात्रै होइन, अन्तर्राष्ट्रिय रुपमा पनि रहन्छ । तपाईहरुको जिम्मेवारी अरु क्षेत्रको जनता र उम्मेद्वारको भन्दा बढी छ । धेरै बढी छ, तपाईहरुले यो महशुस गर्नुभएको होला । तपाईहरु सवैले रेकर्ड बनाउने गरि असिम राईलाई तारा चुनाव चिन्हलाई अत्याधिक बहुमत दिएर विजयी गरेर पठाउनुस् । असिम राईलाई तपाईहरुले विजयी गरेर पठाएपछि असिम राईलाई के गनुपर्छ, म गर्नेछु । सोलुको विकासको निम्ति। तपाईहरुको विकास निर्माण सडक सञ्जालदेखि पर्यटनको विकासको निम्ति, पर्वतारोहणलाई व्यवस्थित गर्नेदेखि अन्तर्राष्ट्रिय रुपमा उर्जाशक्ति कसरी विकास गर्ने भन्नेदेखी तमाम कुराहरुमा मेरो साथ हुनेछ । तपाई असिमलाई जिताएर पठाउनुहोस्, सोलुलाई के गर्नुपर्छ म गर्नेछु ।’
उहाँले जेन–जी आन्दोलपछि एकताको आवश्यकता ठानेर वामपन्थी शक्तिहरुवीच एकताको कार्य अगाडी बढाएको जानकारी दिनुभयो ।

उहाँले नेकपामा विभिन्न २३ वटा घटक मिल्ने स्थितिमा पुगेको बताउनु भयो । – न्युज एजेन्सी नेपाल