६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो News Polar धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग

आ–आफ्नै दाउमा नेकपा र राजपा

आ–आफ्नै दाउमा नेकपा र राजपा
अ+ अ-

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा सहकार्य गरेका सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल आ–आफ्नै तरिकाले अगाडि बढन खोजेका छन् । दुईबुँदे सहमतिअनुसार राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश २ तर्फको ४ सिटमा नेकपा र राजपा नेपाल गठबन्धनका उम्मेदवार विजयी भइसकेका छन् । उक्त सहमतिको पहिलो बुँदा दुबै दलले इमानदारीका साथ कार्यान्वयन गरेका छन् । दोस्रो बुँदामा उल्लेख भएअनुसार अगामी दिनमा राष्ट्रिय राजनीतिका विषयमा छलफल र सहकार्य गर्ने विषय उल्लेख गरिएको छ ।

अहिले नेकपा र राजपा नेपालबीच संघीय सरकार, प्रदेश २ सरकार र उपसभामुख विषयमा केन्द्रित भई छलफल भइरहेको छ । यी तीन विषयमा केन्द्रित भई छलफल भए पनि दुवै दल आआफ्नै दाउअनुसार अगाडि बढेन खोजेका छन् । नेकपाले राजपा संघीय सरकारमा सहभागी हुनुपर्ने र प्रदेश २ सरकारमा नेकपा र राजपा गठबन्धनको सरकार बनाउने दाउमा रहेको स्रोतले जनाएको छ । त्यसका लागि नेकपाले उपसभामुखको पदमा राजपा उम्मेदवारलाई सहयोग गर्ने बताइएको छ । यता राजपाले उपसभामुख आफूले पाउनुपर्ने र जेलमा रहेका राजपा सांसद रेशम चौधरीलाई रिहा गर्नुपर्ने सर्त अगाडि सारेको छ ।

नेकपाले राजपालाई उपसभामुख दिन तयार भए पनि अहिलेसम्म चौधरीको रिहाइका विषयमा सकारात्मक नभएको राजपा नेताको बुझाइ छ । राजपा स्रोतका अनुसार उपसभामुखसँगै सांसद चौधरीको रिहाइ गर्नमा नेकपाले सहयोग गरे उसका अन्य सर्त मान्न सकिन्छ । आफ्ना कुरा मात्र लागू गर्ने तर राजपाको मुद्दा सम्बोधन नभए सहकार्य अगाडि बढ्न नसकिने राजपाले जनाएको छ । यही विषयमा केन्द्रित भई केही समयदेखि नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल, महासचिव विष्णु पौडेल, राजपा नेता राजेन्द्र महतो, महन्थ ठाकुर, महेन्द्र राय यादव, शरतसिंह भण्डारीलगायतका बीचमा छलफल हुँदै आएको छ ।

नेकपा महासचिव विष्णु पौडेलले दुई दलबीच भएको सहमतिअनुसार राष्ट्रिय सभा सदस्य निर्वाचनमा सफल भएको बताए । अगामी दिनमा पनि दुई दलका बीचमा राष्ट्रिय राजनीतिका विषयमा छलफल र सहकार्य गर्दै अघि बढने उनले बताए । ‘राष्ट्रिय सभा सदस्यको निर्वाचनमा पूर्वसहमतिअनुसार दुबै दल सफल भएको छ,’ महासचिव पौडेलले भने, ‘राष्ट्रिय राजनीतिका विषयमा अगामी दिनमा समेत सहकार्य गर्दै अगाडि बढ्नेछौं ।’ राष्ट्रिय राजनीतिकका विषयमा आगामी दिनमा समेत छलफल र सहकार्य गर्ने उनले बताए पनि राजपाले राखेको सर्तबारे केही खुलाएनन् ।

यद्यपि, दुई पार्टीका शीर्ष नेताहरूबीच सहकार्य गर्दै कसरी अगाडि बढ्ने भन्ने विषयमा निरन्तर छलफल भइरहेको उनले बताए । नेकपाबाट सभामुख उम्मेदवार भएका अग्नि सापकोटाको समर्थक बनेका राजपा नेपालका नेता तथा प्रमुख सचेतक लक्ष्मणलाल कर्णले उपसभामुख विषयमा दुई पार्टीबीच छलफल नभएको बताए । ‘उपसभामुख कसले पाउने भन्ने विषयमा औपचारिक छलफल भएको छैन,’ उनले भने, ‘अहिले धेरै समय बाँकी रहेकाले अब यस विषयमा छलफल हुन सक्छ । सभामुखमा हामीले नेकपालाई समर्थन गरिसकेका छौं ।’

उनले अगाडि भने, ‘उपसभामुख विषयमा औपचारिक छलफल नै भएको छैन, अहिले धेरै समय बाँकी नै छ, हेर्दै जाऊँ भोलि के हुन्छ ।’ प्रतिनिधिससभामा सत्तारूढ नेकपाको स्पष्ट बहुमत रहेकाले संसदीय अंकगणितका आधारमा नेकपाले जसलाई समर्थन गर्छ, त्यसैले उपसभामुख पाउने उनको भनाइ छ ।

को होला उपसभामुख ?

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुख उम्मेदवार टुंगो लगाएसँगै अहिले उपसभामुखको खोजी सुरु भएको छ । रिक्त सभामुखमा नेकपाले स्थायी कमिटी सदस्य अग्नि सापकोटालाई उम्मेदवार बनाएको छ । नेकपाबाटै उपसभामुख भएकी डा. शिवमाया तुम्बाहाङ्फेले राजीनामा गरिसकेकी छन् । सभामुखको निर्वाचन आज हुँदै छ । राष्ट्रिय सभा निर्वाचनमा सहकार्य गर्ने र आगामी दिनमा राष्ट्रिय राजनीतिमा छलफल एवं सहकार्य गर्दै अगाडि बढ्ने नेकपा र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच दुईबुँदे सहमतिका कारण नयाँ उपसभामुख राजपाबाटै हुने बताइएको छ ।

तर, उपसभामुख को हुने त्यसको टुंगो लाग्न बाँकी रहेको छ । सभामुखमा नेकपा सचिवालयले सापकोटालाई उम्मेदवार बनाए पनि उपसभामुखबारे छलफल नभएको नेकपाले जनाएको छ । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले उपसभामुखको बारेमा अहिलेसम्म केही निर्णय गरेका छैनन् । संवैधानिक व्यवस्थाअनुसार एउटै दल र उही लिंगको व्यक्ति सभामुख र उपसभामुख हुन पाउँदैन । त्यसैले, सभामुखमा नेकपाले पुरुष सांसदलाई अघि सारेपछि अन्य दलबाट महिला सांसद उपसभामुख हुनेछ ।

नेकपाले संसदभित्र रहेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, समाजवादी पार्टी, राजपा नेपाल वा नेमकिपा र जनमोर्चाबाट उम्मेदवार उठाउन सक्छ । तर, स्रोतका अनुसार नेकपाले उपसभामुख कांग्रेस र समाजवादीलाई दिँदैन । राष्ट्रियसभा निर्वाचनमा राजपासँग दुईबुँदे सहमति गरेको नेकपाले राजपालाई नै उपसभामुख दिएर सरकारमा थप समर्थन लिन सक्छ ।

राजपाले उपसभामुख पाएमा चन्दा चौधरी, अमृता अग्रहरी वा रानी मण्डलमध्ये एकलाई उम्मेदवार बनाउने निश्चित छ । राजपा स्रोतका अनुसार नेकपासँग भएको दुईबुँदे सहमतिसँगै उपसभामुख पनि राजपाले पाउने आश्वासन पाएको छ । चौधरी राजपा नेता महन्थ ठाकुर, अग्रहरी राजेन्द्र महतो र मण्डल अनिल झा निकटका सांसद हुन् । नेकपाबाट आश्वासन पाएको राजपा नेपालले यी तीन महिला सांसदमध्ये एकलाई अघि सार्न सक्छ । राजधानी दैनिकबाट