६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट

कोरोना भाइरस नियन्त्रणमा सरकारको तिव्र तयारी, विमानस्थलमा शुरु भयो ‘हाई अलर्ट’

कोरोना भाइरस नियन्त्रणमा सरकारको तिव्र तयारी, विमानस्थलमा शुरु भयो ‘हाई अलर्ट’
अ+ अ-

काठमाडौं । कोरोना भाइरसको संक्रमण हुन नदिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कडाइ गरिएको छ । विमानस्थलमा विदेशबाट आउने सबै नागरिकको स्वास्थ्य जाँच गर्न थालिएको छ । कसैलाई ज्वरो आएको पाइए एम्बुलेन्समार्फत अस्पतालमा पुर्याइने व्यवस्था मिलाइएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हेल्थ डेस्कलाई सकृय बनाउँदै प्रत्येक नागरिकको स्वास्थ्य जाँचको व्यवस्था मिलाएको जनाएको छ । नेपाल भ्रमण आएका अमेरिकी नागरिकलाई ज्वरो आएपछि आइतबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पुर्याइएको थियो ।

ती नागरिक पुरुष रहेको र कोरोना भाइरसको आशंका गरिएको छ । हेल्थ डेस्कका प्रमुख गोपाल पाण्डेका अनुसार ज्वरो आएपछि उनलाई शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुर्याइएको हो । उनले भने, ‘हामी हाइअलर्टमा छौं । विमानबाट ओर्लेपछि बिदेशबाट आएका प्रत्येक नागरिकको स्वास्थ्य परीक्षण हुन्छ ।’ त्रिभुवन अन्तराष्ट्र्रिय विमानस्थलको हेल्थ डेस्कमा ‘थर्मल स्क्यानर’ जडान गरिएको छ । हेल्थ डेस्कमा रहेको थर्मल स्क्यानरले जहाजबाट ओर्लेर एयरपोर्ट छिर्दै गरेका सबै यात्रुको ज्वरो परीक्षण गर्छ ।

शंकास्पद बिरामीलाई त्यहीँबाट छुट्टै एक्बुलेन्समा राखेर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पठाइने गरिएको छ । सरकारले चीनबाट आएका र ज्वरो तथा रुघाखोकी देखिएका व्यक्तिलाई सिधै निगरानीका लागि शहीद शुक्रबार ट्रपिकल तथा सरुवा रोग नियन्त्रण अस्पतालमा लैजान थालेको छ । यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसबाट संक्रमितहरूको उपचारमा कुनै कसर बाँकी नराख्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल र स्वास्थ्य सचिव खगराज बराललाई आवश्यक सबै तयारी गर्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री ओलीले मन्त्री ढकाल र सचिव बरालसँग नेपालमा कोरोना भाइरसको संक्रमण र संक्रमितहरूको उपचारको अवस्थाका सम्बन्धमा जानकारी समेत लिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकाल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई आइतवार बालुवाटारमा बोलाएर प्रधानमन्त्रीले निर्देशन दिएका हुन् । वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, निजामती अस्पताल (सिभिल) र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (सरकारीतर्फ) र निजीतर्फ नर्भिक अस्पताल, काठमाडौं मेडिकल अस्पताल लगायतलाई तयारी अवस्था रहन निर्देशन दिइएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले बताए ।

यस्तै, काठमाडौंका सबै सरकारी तथा निजी अस्पताललाई पनि बिरामी देखिएमा उनीहरूको उपचारका लागि तयारी अवस्थामा रहन निर्देशन दिइसकेको छ । चीनको उहान प्रान्तमा रहेका नेपालीहरू बाहिर निस्किएका छैनन् भने सरकारले उच्च सतर्कतामा बस्न आग्रह गरेको छ ।नेपालमा हालसम्म दुई जनामा कोरोना भाइरस संक्रमणको आशंका गरिएको छ भने एक जनामा संक्रमणको पुष्टि भइसकेको छ । चीनबाट फर्किएका दुई नेपालीमा कोरोना भाइरस संक्रमण भएको आशंका गरिएको हो । नेपालमा पनि कोरोना भाइरसको संक्रमण फैलन सक्ने भन्दै चीनसँगको सबै सीमा नाकामा स्वास्थ्य सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ ।

हाल दुई जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार थालिएको छ । उनीहरूको अस्पतालको आइसुलेसन वार्डमा उपचार भएको छ । कोरोना भाइरस संक्रमणको आशंकामा उपचाररत दुई जनामध्ये एक पुरुष र अर्को महिला रहेका छन् । दुवै जनामा ज्वरो आउने, स्वास प्रश्वासमा अप्ठेरो लगायतका समस्या देखिएपछि अस्पताल पुगेका थिए । हाल उनीहरूको स्याम्पल परीक्षणका लागि हङकङ पठाइएको छ । केही दिनअघि एक जनामा कोरोना भाइरस संक्रमण भएको आशंकामा टेकु अस्पताल पुगेका थिए ।

यसअघि एक जनामा कोरोनाको संक्रमण देखिएको भन्दै गरिएको परीक्षणबाट पुष्टि भएको थियो । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार कोरोना भाइरसको समूह हो । जसले विशेषगरी श्वासप्रश्वास प्रणालीमा असर गर्छ । कोरोना भाइरस श्वासप्रश्वासको माध्यमबाट सर्छ । यसले सामान्य रुघाखोकीदेखि निमोनिया भई मानिसको मृत्युसम्म हुन्छ । चिकित्सकका अनुसार अहिले देखिएको कोरोना भाइरस नयाँ प्रकारका हो । जुन पहिले मानिसमा पहिचान भएको थिएन । डब्लूएचओका अनुसार कोरोना भाइरसले मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम (मार्स) र सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम (सार्स)को समस्या निम्त्याउँछ ।

नोबेल कोरोना भाइरस नयाँ प्रजातिको भाइरस हो जुन मानव जातिमा पहिले पहिचान भएको थिएन । यस भाइरसले मानिस र पशुहरूमा संक्रमण गर्छ । नोबेल कोरोना भाइरसले गर्दा हुने रोगको लागि कुनै खास उपचार छैन । लक्षणका आधारमा उपचार गरिने चिकित्सक बताउँछन् ।गत डिसेम्बर महिनादेखि छिमेकी राष्ट्र चीनमा देखिएको कारोना भाइरसको संक्रमणबाट हालसम्म ६४ जनाको मृत्यू भइसकेको छ भने दुइ हजार तीन सय ९५ जना क्रिटीकल अवस्थामा छन् ।

चिनको उहानमा रहेका नेपाली त्रासमा:कोरोनाभाइरसको संक्रमण फैलिदैं गएपछि चिनको उहान शहरमा रहेका नेपालीहरू त्रास अवस्थामा छन् । विमान मार्फत् नेपाल पुर्याउन उहान शहरमा रहेका नेपाली नागरिकले आग्रह गरेका छन् । उहानमा रहेका डा. रमेश आचार्यका अनुसार हालसम्म फ्रान्स, जापान, अमेरीका, वेलायत, अष्ट्रेलीयाका नागरीकहरूलाई सम्वन्धित देशका विमानले आफ्नो देश लगिसकेका छन्।

उनले भने, नेपालीहरू त्रास अवस्थामा दिनचर्या बिताइरहेका छन् । कम्तिमा सरकारले नेपाल पुर्याइदिओस् भन्ने छ ।’सरकारले उहानमा रहेका नेपालीलाई नेपाल फर्काउने विषयमा उच्चस्तरीय छलफल भइरहेको जनाएको छ । हाल उहानमा एक सय बढि नेपाली नागरिक छन् । राजधानी दैनिकबाट