४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

जिम्बाब्वेलाई हराएसँगै नेपालको सुपर सिक्समा सम्भावना जीवन्त

जिम्बाब्वेलाई हराएसँगै नेपालको सुपर सिक्समा सम्भावना जीवन्त
अ+ अ-

काठमाडौँ ।नेपालले जिम्बाब्वेलाई हराउँदै घरेलु मैदानमा जारी आइसिसी महिला टी ट्वान्टी विश्वकप ग्लोबल छनोटको सुपर सिक्समा पुग्ने सम्भावना जीवन्त राखेको छ ।

कीर्तिपुरमा भएको आफ्नो तेस्रो खेलमा नेपालले शनिबार जिम्बाब्वेमाथि ६ विकेटको जित निकालेको हो ।

छनोटमा पहिलो जितसँगै नेपालले समूह ‘बी’ बाट सुपर सिक्समा पुग्ने सम्भावना जीवन्त राखेको छ । दुई समूहका शिर्ष तीन राष्ट्र सुपर सिक्समा पुग्ने प्रावधान छ । नेपालले यसअघि दुई खेलमा हार व्यहोरिसकेको थियो । त्यसैले सुपर सिक्स पुग्न नेपालले जिम्बाब्वेविरुद्ध जित्नुको विकल्प थिएन । नेपाल पहिलो खेलमा थाइल्यान्डसँग आठ विकेट र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो । यो समूहबाट नेदरल्यान्ड्सले सुपर सिक्समा स्थान बनाइसकेको छ । अब नेपालले समूहको अन्तिम खेलमा जनवरी २६ तारिखमा स्कटल्यान्डसँग प्रतिष्पर्धा गर्ने तालिका छ ।

सुपर सिक्समा पुग्न नेपालले अन्य टोलीको नतिजामा पनि भर पर्नुपर्ने हुन्छ । अन्तिम खेलमा नेदरल्यान्ड्सले थाईल्यान्डसँग खेल्नेछ । जुन खेल पनि नेपालका लागि महत्वपूर्ण हुनेछ । त्रिवि क्रिकेट मैदानमा नेपालले एक सय ३० रनको सामान्य लक्ष्य पाएको थियो । तर, त्यो लक्ष्य पूरा गर्न नेपालले पनि संघर्ष गर्नुप¥यो । १९.३ ओभरमा नेपालले चार विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । उपकप्तान पूजा महतोको अलराउन्ड प्रदर्शनमा नेपालले जित निकाल्यो । उनले अविजित ५२ रनको योगदान गरिन् । ५० बल खेलेकी पूजाले चार चौका र दुई छक्का प्रहार हिर्काइन् । कप्तान इन्दु बर्माले २२ रन र बिन्दु रावलले १५ रनको योगदान दिए । सीता रानामगर ११ रनमा रिटायर्ड हर्ट हुन पुगिन् ।

जिम्बाब्वेले अतिरिक्त २१ रन खर्चिएपछि नेपाललाई सहज भएको थियो । जिम्बाब्वेको बलिङमा जोसिफिन एनकोमोले दुई तथा नोमभोलो सिभान्दा र क्रिस्टाबेल चातोन्ज्वाले समान एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बाव्वेले २० ओभरको समाप्तिमा ६ विकेट गुमाउँदै एक सय २९ रनको योगफल बनाएको थियो । चौथो नम्बरकी ब्याटर केली एन्डलोभुको ५२ रनको अविजित इनिङ खेल्दै जिम्बाब्वेको इनिङ समालिन् । नेपालकी बलर कविता कुँवरले पहिलो ओभरमै चिपो मुगेरलाई ८ रनमा बोल्ड गर्दै राम्रो सुरुआत दिलाइन् । तर, त्यसपछि बिलोभ्ड बिजाले दोस्रो विकेटका लागि मोडेस्टर मुपाचिक्वासँग ४५ रनको साझेदारी गर्दै इनिङ अगाडि बढाइन् ।

ओपनर विलोभ्डले ३४ र मोडेस्टर १४ रनमा आउट भए । अन्य ब्याटरले राम्रो खेल्न नसके पनि केलिसले अर्धशतक बनाउँदै इनिङ समालिन् । नेपालको बलिङमा रिया शर्माले चार ओभरमा २५ रन खर्चिँदै दुई विकेट लिए । कविता कुँवर, उपकप्तान पूजा, सीता रानामगर र रुबिना क्षेत्रीको नाममा समान एक विकेट रह्यो । जिम्बाव्वे सुपर सिक्सको होडबाट बाहिरिसकेको छ । पछिल्ला तीन खेलमा हार व्यहोरेको जिम्बाब्वे अंकविहीन छ । शनिबारको पहिलो खेलमा स्कटल्यान्डले थाइल्यान्डमाथि पाँच विकेटको जित निकालेको थियो । त्यो नतिजासँगै जिम्बाब्वेको दोस्रो चरण पुग्ने चुनौती सकिएको हो ।