१८ भाद्र २०८३, बिहीबार
,
Latest
बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने? कृष्ण जन्माष्टमीको पूर्वसन्ध्यामा पाटनमा देखिएको मनमोहक साँझ कामपाले थाल्यो विपद् प्रभावित नागरिक लक्षित ‘मनोसामाजिक परामर्श’ रसुवा बाढीः कास्कीका तीन जना सम्पर्कमा, १२ को अवस्था अज्ञात इलाममा ट्रक दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु उद्धार र पुनःस्थापनामा तीन तहको सरकारबीच समन्वय अघि बढाउन रास्वपाको जोड बाढीमा फसेका ११४ नेपाली तातोपानी नाकाहुँदै नेपाल फर्किए रसुवा भोटेकोशी बाढीः झन्डै चार खर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान, ‘अर्ली रिकभरी’को लागि ७…
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुपन्देहीको विकासलाई प्रमुख प्राथमिकता दिएका छौँ-उपाध्यक्ष पौडेल



फाइल फोटो
अ+ अ-

लुम्बिनी। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले रूपन्देहीको विकासलाई प्रमुख प्राथमिकता राख्दै योजना कार्यान्वयन गर्ने बताउनुभएको छ ।

निर्वाचन क्षेत्रमा आज निर्वाचन परिचालन समिति कार्यालयको उद्घाटन गर्दै उहाँले मतदातालाई अहिलेसम्म गरेका कामको निष्पक्ष मूल्याङ्कन गर्न आग्रह गर्नुभयो ।

उहाँले भौतिक पूर्वाधारका साथै सामाजिक, मानवीय विकाससँगै शिक्षा, स्वास्थ्य र रोजगारी सृजना आफ्नो प्रमुख प्राथमिकता रहने उल्लेखगर्नुभयो ।

आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा रूपन्देही क्षेत्र नं २ बाट एमालेका तर्फबाट उम्मेदवार बन्नुभएका पौडेलले यस क्षेत्रको भौतिक विकास देशका लागि सिकाइको नमूना बन्ने बताउनुभयो । उहाँले आगामी दिनमा नागरिकको आयस्तर वृद्धि हुने किसिमका आयोजना कार्यान्वयनमा आफू प्रतिबद्ध भएर अगाडि बढ्ने स्पष्ट पार्नुभयो ।

निर्वाचन परिचालन कार्यालयको औपचारिक उद्घाटनसँगै एमाले नेता भोजप्रसाद श्रेष्ठको संयोजकत्वमा ९०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको छ ।

समितिको सहसंयोजकमा राजु गुरुङ रहनुभएको छ । निर्वाचन परिचालन समितिका संयोजक श्रेष्ठले रूपन्देहीको सुकुम्बासी समस्या समाधान गर्न एमाले सधैँ प्रतिबद्ध रहेको बताउनुभयो । रासस