१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनताले विध्वंश मच्याउनेहरुलाई निर्वाचनमा पराजित गर्नुपर्दछः देवेन्द्र दाहाल



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का राष्ट्रिय सभा संसदीय दलका नेता देवेन्द्र दाहालले आसन्न निर्वाचनमा देश निर्माण गर्ने राजनीतिक दलहरुलाई विजयी गराउन आम मतदाताहरुलाई आग्रह गर्नुभएको छ ।

शुक्रवार राष्ट्रिय सभाको १९ औ अधिवेशनमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।

नेता दाहालले देशलाई ध्वंब बनाउनेहरुलाई मतदान गर्ने कि देश निर्माण गर्नेलाई भन्ने विषयमा नेपाली जनताले सही र सटिक विश्लेषण गरेर मतदान गर्नुपर्ने बताउनु भयो । उहाँले देशमा ध्वंश मच्चाउनेहरुलाई निर्वाचनमा विजयी गराउने काम गर्न नहुने समेत बताउनु भयो ।

नेता दाहालले भन्नुभयो, ‘यो निर्वाचन एउटा परीक्षा हो जनताका लागि । जसले यो देश बनाउनेलाई, निर्माण गर्नेलाई मतदान गर्ने कि अथवा यो देश ध्वंश बनाउने ? जनताले सही मूल्यांकन गर्नुपर्ने आवश्यक्ता छ । त्यसमा जनताले सही र सटिक निर्णय गर्नुहुनेछ भन्ने विश्वास राखेको छ । ’

नेता दाहालले प्रतिनिधि सभा विघटन असंवैधानिक भएकाले यसको पुनःस्थापनमा जोड दिनुपरेको बताउनु भयो ।