१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीतिक दलहरुले राष्ट्रिय भावनाको विकास हुनेगरी निर्वाचनको प्रचार गर्नुपर्दछः कृष्णप्रसाद सिटौला



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस राष्ट्रिय सभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले सबै राजनीतिक दलहरुले मिलेर अघि बढ्नुपर्ने बताउनुभएको छ ।

आसन्न निर्वाचनमा पनि राजनीतिक दलहरुले राष्ट्रिय एकता कामय हुनेगरी आफूलाई प्रश्तुत गर्नुपर्ने उहाँको भनाई थियो । शुक्रवार राष्ट्रिय सभाको १९ औ अधिवशनमा बोल्दै नेता सिटौलाले राजनीतिक दलहरु, सांसदहरुबीच एकता कायम नहुने हो भने मुलुक दिनप्रतिदिन कमजोर बन्दै जाने अवस्था आएको समेत बताउनु भयो । उहाँले राष्ट्रिय भावनाको विकास हुनेगरी निर्वाचनमा प्रचार जुट्न पनि सबै राजनीतिक दलहरुलाई आग्रह गर्नुभयो ।

नेता सिटौलाले भन्नुभयो,‘फागुन २१ गते आम निर्वाचन हुँदैछ । यो निर्वाचनले राष्ट्रिय एकता निर्माण गर्न सकोस् । सबै राजनीतिक दलहरु, सबै सांसदहरु मिलेर नीतिगत तहमा एकता नगर्ने हो भने नेपाल दिनप्रतिदिन कमजोर हँँुँदै जानेछ भन्ने मेरो विचार हो । हरेक राजनीतिक दलहरुभित्र पनि एकता चाहिएको छ । र समग्र राजनीतिक दलहरुका बीचमा पनि एकता चाहिएको छ । जसले मेची महाकाली, तराई, पहाड, हिमाल सबै वर्ग, क्षेत्र, जाति, लिंग पेशा व्यवसायमा रहेका तमाम नेपालीहरुलाई एकतावद्ध गर्न सकोस् । एउटा सामूहिक राष्ट्रिय भावनाको विकास हुन सकोस् । त्यो उद्देश्यअनुसार राजनीतिक दलहरु जनताको बीचमा प्रस्तुत होउन । एकले अर्कालाई धेरै गाली गर्ने भन्दा पनि निर्वाचनमा जाने सबै राजनीतिक दल र तीनका उम्मेदवारलाई मेरो हार्दिक आग्रह पनि छ–जनतामा व्यग्रता र निराशा दुवै व्यक्त नगर्नुस् । देश बनाउने विचार प्रश्तुत गरेर जनताको मन जित्ने प्रयास गर्नुस् ।’

नेता सिटौलाले सरकार अवैधानिक रहेको उल्लेख गर्दै त्यसलाई वैधानिकता दिन पनि निर्वाचनमा जानुपर्ने अवस्था आएको जिकिर समेत गर्नुभयो ।