१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल

रुपन्देहीका पाँच वटै क्षेत्रमा उम्मेदवारी दर्ता

रुपन्देहीका पाँच वटै क्षेत्रमा उम्मेदवारी दर्ता
अ अ+ अ-

लुम्बिनी। आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि यहाँका पाँच वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।

जिल्लाका ५ वटै निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दलका उम्मेदवारले आज निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आ–आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । यहाँ निर्वाचन क्षेत्र नं २ मा १९ दल र १७ जना स्वतन्त्र गरी ३६ जनाले उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृत राजेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।

यहाँ नेकपा (एमाले) बाट पूर्वउपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, नेपाली कांग्रेसबाट व्यवसायी पृष्ठभूमिका चुन्नुप्रसाद पौडेलले उम्मेदवारी दर्ता गराउनुभएको छ । यस्तै, नेपाल कम्युनिष्ट पार्टीबाट सुवास पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुलभ खरेल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कर्भिका थापाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यस क्षेत्रमा एमाले उपाध्यक्ष पौडेल २०६४ देखि लगातार चुनाव जित्दै आउनुभएको छ । उहाँ विसं २०६४, २०७०, २०७४ र २०७९ मा यही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । यस क्षेत्रमा एक लाख ३५ हजार ५० मतदाता रहेका छन् ।

उम्मेदवारी दर्तापछि नेता पौडेलले जिल्लालाई विकासको नमूनाका रूपमा विकास गर्न विगतमा धेरै योजना अघि बढाइएको र अझै पनि धेरै काम गर्न बाँकी रहेकाले आफूले उम्मेदवारी दिएको बताउनुभयो ।

निर्वाचन क्षेत्र नं ३ मा दलीय र स्वतन्त्र उम्मेदवार गरी ३६ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले जानकारी दिनुभयो । उम्मेदवारमध्ये १७ जना राजनीतिक दलबाट र १९ जना स्वतन्त्र उम्मेदवार रहेको उहाँले बताउनुभयो ।

यस क्षेत्रबाट नेकपा (एमाले) का नेता वासुदेव घिमिरे, नेपाली कांग्रेसबाट सुशील गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा लेखजङ्ग थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पाइलट गौरव बोहरासमेतले उम्मेदवारी दिनुभएको छ ।

जिल्लाको क्षेत्र नं १ मा एमालेका दधिराम न्यौपाने, नेपाली कांग्रेसबाट हीराबहादुर केसी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रज्ज्वल बोहरा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुनिल लम्साललगायतले उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन अधिकृत कपिल पौडेलले जानकारी दिनुभयो । रासस