२७ श्रावण २०८३, बुधबार
,
Latest
ग्यास अभावमा चितवन मेडिकल कलेजका विद्यार्थीलाई १०० रुपैयाँमै खाना कांग्रेस इतर समूहको राष्ट्रिय भेला साउन २९ देखि ३१ गतेसम्म,देउवाले उद्घाटन गर्ने परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु ग्यासको अनलाइन ट्र्याकिङ प्रणालीको निर्माण गर्न थालेका छौँ : मन्त्री गौरीकुमारी मधेसमा विद्युत् पूर्वाधार विस्तार तीव्र, नयाँ प्रसारण लाइन र सबस्टेसन निर्माण अघि बढ्दै युवाको अधिकार सुनिश्चित गर्न मानव अधिकार आयोगको आग्रह लालबकैया नदीमा हराएका दुई बालबालिकाको शव फेला, एकको खोजी जारी ‘मिसइन्फर्मेसन’ र ‘डिसइन्फर्मेसन’ले सामाजिक सद्भाव खल्बलिएको महसुस भएको छः प्रहरी महानिरीक्षक कार्की पोखरामा एलपी ग्यास अभाव कायमै, कम्पनी भन्छन्– आवश्यकताभन्दा बढी भण्डारणले समस्या
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन संविधान र राष्ट्रिय स्वाधीनता बचाउने अवसरः महासचिव पोखरेल



आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल दाङ निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारी दर्ता गराउनु हुँदै । तस्बिरः सुशीला ओली/रासस
अ+ अ-

दाङ। नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले निर्वाचनलाई संविधान र राष्ट्रिय स्वाधीनता बचाउने अवसरका रूपमा लिनुपर्ने बताउनुभएको छ ।

आज दाङ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग प्रतिक्र्रिया दिँदै उहाँले भन्नुभयो, “यो निर्वाचनले शान्ति रोज्ने र हिंसा रोक्ने बीचको विकल्प प्रस्तुत गर्छ । हामीले यसलाई देशभर संविधानको रक्षाको अवसरका रूपमा लिएका छौँ ।”

महासचिव पोखरेलले दाङको भूमि सधैँ परिवर्तनको पक्षमा रहेको बताउँदै यसपटक पनि सुशासन र विकासको पक्षमा हाल्ने विश्वास व्यक्त गर्नुभयो । रासस