७ पुष २०८२, सोमबार
,
Latest
देउवा निवास महाराजगञ्जमा ओलीको देउवा भेट ‘समयमै निर्वाचन हुनेमा नागरिक अगुवाहरुको आशंका’ ठूला आयोजनाले अझै गति लिन सकेनन् देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश नं २ मा प्रविधिमा किशोरी परियोजना शुरू



अ+ अ-

जनकपुरधाम । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत तथा श्रम रोजगार र सामाजिकमन्त्री रामेश्वरराय यादवले संयुक्तरूपमा प्रदेश नं २ मा प्रविधिमा किशोरी (गल्र्स इन टेक) परियोजनाको आज शुभारम्भ गर्नुभयो ।

युकेएडको रोजगारीका लागि सीप कार्यक्रमअन्तर्गत जिनसी सोलुसन्स नामक गैरसरकारी संस्थाको सहकार्यमा सो परियोजनाको थालनी गरिएको हो । लैङ्गिक असमानतालाई हटाउने सन्दर्भमा प्रविधिमा लगाव राख्ने किशोरीलाई शिक्षित एवं सशक्तीकरण गर्नु यस परियोजनाको उद्देश्य छ ।

यस परियोजनाअन्तर्गत प्राविधिक पाठ्यक्रम तथा नेतृत्वसम्बन्धी तालीमदेखि ह्याकाथन तथा प्रतिस्पर्धामा आत्मविश्वाससँगै सहभागी हुने तरिका र सहयोग गरी प्रविधिको क्षेत्रमा सफल हुनका लागि आवश्यक पर्ने पहुँचको समुदाय बनाउने लक्ष्य राखिएको छ ।

परियोजनाले स्नातक हुन लागेका विद्यार्थीलाई विश्वभर दिइने अनलाइन तालीम साधन तथा प्रमाणीकरण उपलब्ध गराउनुका साथै व्यक्तिगत रूपमा परामर्श र कम्पनीलाई चाहिएको सीपयुक्त श्रमशक्तिमा पहुँच हुने सुनिश्चित वातावरण निर्माणमा सघाउ पु¥याउने गर्दछ ।

परियोजनाले आर्थिक तथा सामाजिकरूपमा कमजोर पृष्ठभूमिका १०० विद्यार्थीलाई छात्रवृत्तिसमेत प्रदान गर्दछ । प्रविधिमा किशोरी संसारभर फैलिएको एक गैर नाफामूलक संस्था हो । संस्थामा ३६ देशमा एक लाखभन्दा बढी सदस्य रहेका छन् । यसको नेपाल शाखा सन् २०२० जनवरीदेखि शुरू भएको हो ।

सो अवसरमा मुख्यमन्त्री राउतले प्रविधिक युगअनुरुप प्रदेशमा जनशक्ति उत्पादन गरी प्रदेशलाई प्राविधिक शिक्षाको हब बनाउने सरकारको नीति भएको र यो परियोजनाले सो अभियानलाई सार्थक तुल्याउन सहयोगीसिद्ध हुने धारणा राख्नुभयो ।

उहाँले छोरीप्रतिको विभेद हटाउन सरकारले बेटी पढाऊ, बेटी बचाऊ, साइकल वितरण र सरकारी जागिरमा महिलालाई ५० प्रतिशत आरक्षणको व्यवस्था गरेको बताउनुभयो । मुख्यमन्त्री राउतले समाजमा छोरीलाई मानसिक रूपले कमजोर बनाउने, अवसरबाट वञ्चित गराउनेलगायतका मानसिकता र गतिविधि विद्यमान रहेकाले यसको अन्त्य गर्न र परिवर्तनका लागि किशोरीलाई प्रविधिमूलक शिक्षा दिनु आवश्यक छ भन्नुभयो ।

मन्त्री यादवले वर्तमान प्रविधिको युग भएकाले किशोरीलाई प्रविधितर्फ ध्यानाकर्षण गराई दीक्षित गर्नु आवश्यक छ भन्नुभयो । किशोरीलाई प्रविधिमा पहुँच गराई शारीरिक, मानसिक, सामाजिक रूपले आत्मबल अभिवृद्धि गराउनु अहिलेको आवश्यकता भएको उहाँले बताउनुभयो ।

युकेएडका टोली प्रमुख बलजित बोहराले यो कार्यक्रमले नेपालको राजनीतिक तथा सामाजिक रूपान्तरणका लागि सघाउने डिएफआइडीको प्रबिद्धताको जगमा काम गरिरहेको बताउनुभयो ।