२५ श्रावण २०८३, सोमबार
,
Latest
विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन कार्यदल गठन चुरे विनाशको असर : दाङमा रोपाइँ प्रभावित प्रतिनिधिसभा तीन विधेयक प्रस्तुत परराष्ट्र मन्त्रालयको भवन निर्माण आगामी वर्षदेखि सुरुआत गरिने २८ गतेसम्म निकास नआए कांग्रेसले नयाँ कार्यदिशा तय गर्छ : मोहनबहादुर बस्नेत चिनियाँ राजदूत झाङ माओमिङद्वारा प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट प्रतिपक्षले प्रश्न गर्दा ‘ओलीको कार्यकर्ता’ भनिएकोमा राप्रपा नेता शाहीको आपत्ति सरकार–सञ्चारमाध्यम सम्बन्ध सुदृढ बनाउन शिक्षामन्त्री पोखरेलले गरे सम्पादकहरूसँग छलफल राष्ट्रिय गौरवका आयोजनाका लागि एउटै प्रभावकारी कानून बनाऔँ : सांसद डाँगी धार्मिक असहिष्णुता रोक्न स्पष्ट कानूनी र नैतिक आधार आवश्यकः सांसद महन्थ ठाकुर
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले अध्यक्ष ओलीबाट जेनजी आन्दोलन ध्वस्त पारिएका संरचनाहरूको अवलोकन



अ+ अ-

काठमाडौं, माघ ६ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका नाममा झापा जिल्लामा ध्वस्त पारिएका व्यक्तिगत तथा सार्वजनिक संरचनाहरूको आज स्थलगत अवलोकन गर्नु भएको छ।

आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गर्न झापा पुग्नु भएका अध्यक्ष ओलीले मनोनयन दर्ता गर्नु अघि जलाइएका संरचनाहरूको निरीक्षण गर्ने कार्यक्रम तय गरिएको प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले जानकारी दिनु भयो ।

जेनजी आन्दोलनका क्रममा ध्वस्त पारिएका सार्वजनिक तथा निजी सम्पत्तिको निरीक्षणका क्रममा अध्यक्ष ओलीले इलाका प्रहरी कार्यालय दमकको समेत अवलोकन गर्नु भएको छ। यसै क्रममा उहाँले आजै दमक टावर, नगरपालिका कार्यालय, पार्टी कार्यालय, अन्य सार्वजनिक संरचनाहरू तथा निजी निवासको पनि निरीक्षण गर्ने कार्यक्रम रहेको छ।

अध्यक्ष ओलीले आफ्नो गृह जिल्ला झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराउँदै हुनुहुन्छ।