९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसमा कुरा मिल्दै, देउवा पक्षले रिट फिर्ता लिने, सहमतिमा टिकट बाँडिने



अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वाेच्च अदालतमा दिइएको रिट फिर्ता लिन कांग्रेसको शेरबहादुर देउवा पक्ष सहमत भएसँगै कांग्रेसको विवाद समाधानतर्फ उन्मुख भएको छ ।

कांग्रेसको गगन थापा समूहले बोलाएको विशेष महाधिवेशनबाट थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित भएको थियो । सो समितिलाई निर्वाचन आयोगले वैधानिकता दिएपछि देउवा समूहले अदालतमा रिट दायर गरेको थियो ।

सो रिट फिर्ता लिन देउवा समूह सहमत भएपछि कांग्रेसको पछिल्लो विवाद समाधान उन्मुख भएको समाचार स्रोतले बतायो । स्रोतका अनुसार उक्त रिटको प्रारम्भिक सुनुवाइ मंगलबार नै राखिएकोले सुनुवाई अगावै सो रिट फिर्ता लिइने तयारी भएको छ ।

कांग्रेसमा चुलिएको विवाद र त्यसका कारण आएको फुटसँगै गगन समूह, देउवा समूह र डा शेखर समूह आज बिहानैदेखि वार्तामा बसेका छन् । आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि भोलि दर्ता हुने प्रत्यक्ष तर्फको उम्मेदबारको मनोनयनका लागि उम्मेदबार टुंग्याउने त्रिपक्षीय बैठकहरु जारी रहेका छन् ।

विवाद टुंग्याएर देउवा समूहले सो रिट फिर्ता लिने र गगन समूहले यसअघि देउवाले हस्ताक्षर गरेका समानुपातिक तर्फका उम्मेदबारलाई कायम राख्दै प्रत्यक्षतर्फका उम्मेदबार पनि मिलेर बाँड्ने गरी सहमति भएको सो स्रोतले बतायो ।