१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा निर्वाचनः सुदूरपश्चिममा सात हजारभन्दा बढी प्रहरी परिचालन हुने



अ+ अ-

महेन्द्रनगर। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिममा सात हजार ५८ जना नेपाल प्रहरी सुरक्षाका लागि परिचालन हुने भएका छन् ।

प्रदेश प्रहरी कार्यालयले निर्वाचनका लागि आवश्यक सुरक्षा योजनासहित यहाँका १६ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा सुरक्षाको तयारी गरिएको जनाएको छ ।

प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी उपरीक्षक गौतम मिश्रले मतदानस्थललाई सुरक्षाका दृष्टिकोणले सामान्य, संवेदनशील र अतिसंवेदनशील गरी तीन भागमा वर्गीकरण गरेर आवश्यक सुरक्षा तयारी गरिएको जानकारी दिनुभयो । अतिसंवेदनशील मतदानस्थलमा प्रहरी र निर्वाचन प्रहरी बढी सङ्ख्यामा परिचालन गरिने उहाँले बताउनुभयो ।

प्रदेशका १६ निर्वाचन क्षेत्रमा एक हजार १७६ मतदानस्थल रहेकामा ३०० सामान्य, ३९५संवेदनशील र ४८१ मतदानस्थल अतिसंवेदनशीलमा रहेका प्रहरीले जनाएको छ ।

सुरक्षा योजनाअनुसरा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले आवश्यक सुरक्षा दिनुका साथै मतदानस्थलमा निर्वाचन प्रहरी पचिालन गरिनेछ । त्यसका लागि प्रदेशभर १३ हजार ६६९ निर्वाचन प्रहरी भर्ना लिने प्रक्रियामा छ । यहाँका नौ वटै जिल्लामा गरेर हाल १६ हजार १९३ महिला तथा पुरुषले निर्वाचन प्रहरीका लागि आवेदन दिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

कैलाली, कञ्चनपुर, दार्चुला र बाजुरामा आवश्यकताभन्दा बढी आवदेन परे पनि बाँकी पाँच जिल्लामा आवश्यकताभन्दा कम आवेदन परेको प्रहरीले जनाएको छ ।

यसैबीच प्रदेश निर्वाचन कार्यालय धनगढीले शुक्रबार १६ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जनाएको छ ।

कार्यालय प्रमुख प्रेमराज भट्टले यहाँ नौ वटा मुख्य निर्वाचन अधिकृत र सात वटा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जानकारी दिनुभयो । सुदूरपश्चिमका नौ वटै जिल्लामा नयाँ थपिएकासमेत गरेर कुल १७ लाख १६ हजार ६६० मतदाता रहेका छन् ।रासस