१२ भाद्र २०८३, शुक्रबार
,
Latest
आवश्यकता परेको खण्डमा परराष्ट्र मन्त्रालयको च्यानलमार्फत वैदेशिक सहयोग परिचालन गर्छौं– सरकार चीनको सिजाङमा पहिरोः उद्धार टोली अति प्रभावित क्षेत्रमा पुग्यो बाढी–पहिरो पीडितको राहतका लागि प्रवासी नेपाली मञ्चले २० लाख दिने रसुवा बाढीपीडितका लागि हेटौँडा स्कूल अफ म्यानेजमेन्टले २० लाख सहयोग ड्याम फुटेको होइन, ग्ल्यासियर फुटेर लेदोसहितको पानी ओभरफ्लो : सरकार बाढीपीडितलाई सुदूरपश्चिम प्रदेश सरकारको दुई करोड सहयोग बाढीपीडित र प्रभावित क्षेत्रका लागि आर्थिक प्याकेज घोषणा गरिने भोटेकोशी बाढीपछि शव खोजी तीव्र, रसुवादेखि चितवनसम्म १२०० सैनिक परिचालन प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब विपद् कोषमा जम्मा गर्ने सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर
तपाईं के खोज्दै हुनुहुन्छ ?

“पिल्सिएको परदेशी मन”: कवितामा राम लामाको यथार्थको उत्कृष्ट प्रतिबिम्ब



अ+ अ-

साहित्य समाजसेवा र व्यापारमा स्थापित राम लामा अविनाशी ‘पिल्सिएको परदेशी मन’ नामक नवीनतम कविताकृती लिएर नेपाली साहित्य आकाशमा उदाएका छन् । नेपाली र अङ्ग्रेजी भाषामा एकै साथ एउटै सङ्ग्रहमा प्रकाशित लामाका २६ वटा कविता सङ्गृहीत छन् । मौलिक नेपाली भाषामा रचना गरिएका यी कविताहरूको अङ्ग्रेजी अनुवाद महेश पौड्यालले गरेका छन् भने कृतिको अङ्ग्रेजी शीर्षक Smoldered Heart Of An Emigrant राखिएको छ।

पिल्सिएको परदेशी मन कृतिको नामले नै प्रायस् सबै कविताहरूको मूल विषयलाई सफलतापूर्वक समेटेको छ । कविताहरूको अन्तर वस्तुको अध्ययन गर्दा यो शीर्षक सार्थक र सान्दर्भिक लाग्दछ । जब व्यक्ति आफ्नो रैथाने, भूमि, संस्कृति, समाज र प्रकृतिबाट टाढा पुग्दछ स्वभाविक रुपमा ती प्रति ऊ अझ संवेदनशील बन्दछ । तिनका प्रत्येक स(साना स्मृति, झल्को, सन्दर्भ र झिल्काहरू अझ बढी भएर व्यक्तिका नजिक आउँदछन् । प्रवासमा विभिन्न कारणहरूले पुगेका व्यक्तिहरूले अनुभव गर्ने र गरेका यथार्थ हो यो ।

अझ संवेदनशील मन सहानुभूति गर्न सक्ने क्षमता र कवि मन भएको व्यक्तिलाई त, यी र यस्ता कुराहरूले अझ गहिरोसँग छुन्छन्, द्रवित बनाउँछन् र मुटु नै निचोरेर गम्भीर अभिव्यक्ति दिन बाध्य बनाउँछन् । कवि राम लामा अविनाशी पनि यस्तै पङ्क्तिमा सशक्त ढङ्गले उभिन सफल कवि हुन भन्न उनको ‘पिल्सिएको परदेशी मन’ कविता सङ्ग्रह नै पर्याप्त छ । प्रवासमा उनले प्रत्यक्ष परोक्ष, अरूले अनुभव गरेका परिदृश्यहरूको साक्षी बस्दाको सहानुभूति र तिनको कलात्मक अभिव्यक्ति उनका कविताहरूमा पाइन्छन् ।

प्रवासमा उनले देखे भोगेका माया, प्रेम, अनुराग, घात(प्रतिघात, सपना ,कल्पना तिनको प्राप्ति र प्राप्त हुन नसकेका अवस्था र धोका उनका यो सङ्ग्रहका मूल विश्षताहरु हुन् । उनी सोझै देश प्रेमको नारा कवितामा लगाउँदैनन् तर प्रत्येक कविताको अर्न्तयमा त्यो अविभाज्य र अन्योन्याश्रित भएर आएको छ। ग्रामीण विम्बले बोकेका गहिरा अनुभूति र सिर्जना गरेको दृश्य चित्रले आफै नेपालीपन र राष्ट्र प्रेम प्रस्तुत गरेका छन् कवितामा । लामो समय प्रवासमा बसेको भए पनि कवि अविनाशीले नेपाली भाषाको मौलिकतारठेटपनालाई पर्याप्त मात्रामा आफ्ना कविताहरूमा प्रयोग गरेका छन् ।

बकुर्सी मार्दै, उर्लिएको बैँस, खोकिलामा, टुलुटुलु, कुलेलम ठोकिहान्ने, झ्याप्प, रन्कोमा, दैलो, अगेना, अगुल्टो ढोस्ने जस्ता शब्दहरूको प्रयोगले कवितालाई मौलिक र नेपालीपन युक्त बनाएको छ । अङ्ग्रेजी भाषामा समेत प्रकाशित यी कविताहरूले नेपाली भाषाको मिठास र मौलिकपनलाई अन्य भाषी पाढकहरु सम्म पुर्‍याउन मद्दत गर्नेछ । कवि लामाले आफ्ना कविताहरूमा फरक फरक अर्थ भएका स्वतन्त्र शब्दहरूको संयोजनद्वारा शब्दहरूको सार्मथलाई बढाई नयाँ अर्थ सिर्जना गर्ने कलात्मक प्रयोग पनि केही मात्रामा गरेको पाइन्छ ।

निस्ता अक्षरहरू, घमन्डको रन्को, निर्मोही साँझ, आकाङ्क्षाका भकारी, पश्चात्तापको घेरा, उपयोगको म्याराथुन यस्ता शक्तिशाली प्रयोगका केही उदाहरणहरू हुन् । कवि लामा मूलतस्आफ्ना अनुभूतिहरूलाई मानवीय जीवनका अँध्यारारउज्याला पक्षहरूमा साधारणीकरण गर्दै कविता मार्फत अभिव्यक्ति दिन्छन् । यो सङ्ग्रहमा उनले अधिकांश कवितामा विचारलाई कलाको जलपले छोपेर प्रस्तुत गरेका छन् भने कतिपयमा विचारलाई प्रधानता दिएर अगाडी आएका छन् । सरल बिम्ब र स्तरीय प्रचलित भाषामा कविता सर्जना गर्दै आएका राम लामा अविनाशीबाट नेपाली डायस्पोरा साहित्यले निकै महत्त्वपूर्ण कृति प्राप्त गरेको छ ।

अनुभूतिले छपक्कै भिजेर लेखिएको कवि राम लामा अविनाशीको पिल्सिएको परदेशी मनमा सङ्गृहीत एक कवितांश:
तिम्रो पढाइका हरेक सर्टिफिकेटहरू
मेरो पसिनाका थोपा थोपाले लेखिएका छन्
कुनै अक्षर, अरबमा चर्को घामले निस्किएका पसिनाले लेखिए
कुनै अक्षर, कोरियामा पग्लेका हिउँका थोपा थोपाले लेखिए ( बिआरटी नेपाल )