१९ भाद्र २०८३, शुक्रबार
,
Latest
माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन सुनचाँदीको मूल्यमा वृद्धि १० दिनपछि उद्धार भएका सञ्जय साह भन्छन्– ‘सुरुङभित्र अझै मानिस हुन सक्छन्’ त्रिशूली–३ ‘ए’ आयोजनाबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल सङ्खुवासभाम शिक्षकको हत्या नेपालले जलवायु न्याय खोज्ने अन्तर्राष्ट्रिय प्लाटफर्म कस्ता छन्ः यसो भन्नुहुन्छ जलवायु वित्त विज्ञ राजु पण्डित… कृष्णभीरमा पृथ्वीराजमार्गको नयाँ ट्रयाक खोल्न थालियो गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै जलवायु सङ्कटसँग जुध्न विकासशील मुलुकलाई थप वित्तीय तथा प्राविधिक सहयोग आवश्यकः एलडिसी
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँमा निर्वाचन अधिकृतको कार्यालय स्थापना



अ+ अ-

तनहुँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

साविक सामाजिक विकास कार्यालय तनहुँको भवनमा आज मुख्य निर्वाचन अधिकृत एवं तनहुँ क्षेत्र नं १ को कार्यालय र शुक्लागण्डकी नगरपालिकाको कार्यालयमा क्षेत्र नं २ को निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद उपाध्यायल आजे उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । लोकतन्त्रको उत्तम विकल्प निर्वाचन रहेको बताउँदै उहाँले ढुक्कसँग निर्वाचनमा सहभागी हुने वातावरण सिर्जना गरिने उल्लेख गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी शिव तिवारीले निर्वाचनमा सुरक्षा प्रबन्ध मजबुद बनाइने बताउँदै निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्नु सबैको दायित्व भएको उल्लेख गर्नुभयो ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख विकास लम्सालले निर्वाचनको आन्तरिक तयारी तीव्र गतिमा अगाडी बढेको बताउनुभयो । मतदान सामग्री, जनशक्ति व्यवस्थापनलगायत तयारी भइरहेको जनाउँदै उहाँले निर्वाचन सफल बनाउन सबैको सहयोगको अपेक्षा गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी तिवारी, शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डित, प्रहरी उपरिक्षक टेकबहादुर कार्कीको उपस्थितिमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

जिल्लामा दुई लाख ५४ हजार ३९७ मतदाता कायम भएका छन् । जिल्लामा दुई वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका छन् । रासस