१० असार २०८३, बुधबार
,
Latest
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व संकलन दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री एवं वरिष्ठ नेता शाहका सचिवालयका तीन जनाको उम्मेदवारी सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था लुम्बिनी र सुदूरपश्चिम तराईमा तातो लहर, बागमती र गण्डकीमा तातो दिनको सम्भावना यस्तो छ बुधबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना



अ+ अ-

धनुषा। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धनुषा क्षेत्र नं ३ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

आज जनकपुरधाम उपमहानगरपालिका–४ स्थित महेन्द्र नारायणनिधि मिथिला संस्कृति केन्द्रमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

मुख्य निर्वाचन अधिकृत सुभाषबाबु पुरीले कार्यालय स्थापना गरिएको जानकारी दिनुभयो । निर्वाचनलाई स्वतन्त्र र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन राज्यका संयन्त्र लागिपरेका बताउँदै उहाँले निर्वाचनमा सबैको सक्रिय र उत्साहमूलक सहभागिता हुने विश्वास व्यक्त गर्नुभयो । पुरीका अनुसार आज जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि प्रभावकारी रूपमा सुरक्षा व्यवस्था मिलाइएको कार्यालय जानकारी दिनुभयो । क्षेत्र नं १ मा मतदानस्थल ८५ वटा र मतदान केन्द्र १६३ वटा रहेका छन् ।

यहाँका निर्वाचन अधिकृतमा मनोज बराललाई तोकिएको बताउँदै  निर्वाचनको कार्यालय धनुषाधाम रहेकोे मुख्य निर्वाचन अधिकृत पुरीले उल्लेख गर्नुभयो । क्षेत्र नं २ मा ८८ र १७४ मतदान केन्द्र छन् भने यहाँका निर्वाचन अधिकृत दामोदर रेग्मी रहनुभएको छ । क्षेत्र नं २ को निर्वाचनको कार्यालय विदेह नगरपालिका तिनकौरिया चोकमा स्थापना गरिएको छ ।

क्षेत्र नं ३ मा ७४ मतदानस्थल र १५५ मतदान केन्द्र छन् । यहाँका निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत सुभाषबाबु पुरीले जिम्मेवारी लिनुभएको छ भने जनकपुरधाम उपमहानगरपालिका–४ स्थित महेन्द्र नारायणनिधि मिथिला संस्कृतिमा केन्द्र तोकिएको छ ।

क्षेत्र नं ४ मा मतदानस्थल ७५ र मतदान केन्द्र १५३ वटा छन् । यहाँका निर्वाचन अधिकृत पुरुषोत्तम खरेल रहनुभएको छ भने निर्वाचनको कार्यालय क्षिलेश्वरनाथ नगरपालिका महेन्द्रनगरमा रहेकोे जनाइएको छ ।

धनुषामा ३२२ मतदानस्थल र ६४५ वटा मतदान केन्द्र रहेका मुख्य निर्वाचन अधिकृत पुरीले जानकारी दिनुभयो । धनुषामा पाँच लाख १४ हजार ५७१ मतदाता रहेका छन् ।