मानिसको जन्म नै मृत्यु वरण हुनलाई हो । यो जान्दा जान्दैपनि मानिस सकेसम्म धेरैभन्दा धेरै आयु बाँच्न प्रयत्न गरिरहन्छ । आफ्नो स्वास्थ्यको हेर बिचार खुब राम्रोसंग गर्छन् । केहि भई हाल्योभने पनि तुरुन्तै अस्पताल धाईहमल्छन् । तर विश्व चकित बनाउने कुराहरुमा बेला बेला बडो अनौठो किसिमका घटनाहरु आईरहन्छन् । यस्तै एउटा घटनाले ठाँउ पाएको छ नेदरल्याण्डमा, जहाँका एक–दुई होइनन्, १० हजार जना मानिसले मर्न पाऊँ भनेर सरकारसँग हारगुहार गरिरहेका छन् । नेदरल्याण्डका स्वास्थ्य मन्त्रीले संसदमा बोल्ने क्रममा यस्तो खुलासा गरेका हुन् ।
एक रिपोर्ट उद्धृत गर्दै स्वास्थ्यमन्त्री ह्युगो डी जोंगले इच्छामृत्युका लागि १० हजार जनताले सरकारसँग याचना गरिरहेको बताएका छन् । इच्छामृत्युको माग गर्ने सबैजसो व्यक्तिहरुमा ५५ वर्ष उमेर माथिका छन् । उनीहरु सबै गम्भीर रोगबाट ग्रसित भएका कारण मर्न चाहन्छन् ।
अनौठो त के भने नेदरल्याण्डमा त्यसरी मर्न चाहने मानिसहरूको संख्या कुल जनसंख्याको ०.१८ प्रतिशत रहेको पाईएको छ । त्यतिठूलो संख्याका मानिसहरूले इच्छामृत्युको याचना गरिरहेको घटना निकै गम्भीर रहेको स्वास्थ्यमन्त्रीले बताएका छन् ।
ती मानिसहरू किन आफ्नो जीवनबाट दिक्क भए ? भन्ने कुराको खोजी गर्नुपर्ने र उनीहरूलाई जीवनको सही अर्थ खोज्न तथा बाँच्नका लागि प्रेरित गर्नुपर्ने मन्त्रीको भनाइ रहेको छ । रोगले ग्रसित भएका तथा जीर्ण अवस्थामा पुगेका वृद्धवृद्धाहरूलाई शान्तिपूर्ण तथा गरीमापूर्ण तरिकारले आफ्नो जीवनको अन्त्य गर्न सहयोग पुग्नेमा नेदरल्याण्डका विपक्षी पार्टीहरूको भनाइ छ । उनीहरुले ७५ वर्षमाथिका मानिसहरूलाई इच्छामृत्युको अधिकार दिइनुपर्ने माग समेत गर्दै आएका छन् ।