१९ भाद्र २०८३, शुक्रबार
,
Latest
सङ्खुवासभाम शिक्षकको हत्या नेपालले जलवायु न्याय खोज्ने अन्तर्राष्ट्रिय प्लाटफर्म कस्ता छन्ः यसो भन्नुहुन्छ जलवायु वित्त विज्ञ राजु पण्डित… कृष्णभीरमा पृथ्वीराजमार्गको नयाँ ट्रयाक खोल्न थालियो गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै जलवायु सङ्कटसँग जुध्न विकासशील मुलुकलाई थप वित्तीय तथा प्राविधिक सहयोग आवश्यकः एलडिसी त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुई जनालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइयो पिकलबल विश्वकपमा नेपाललाई ऐतिहासिक कास्य, दावा सोनाम शेर्पाले रचे इतिहास भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको लाम साल्ट ट्रेडिङद्वारा विपद् प्रभावितका लागि रु ६० लाख सहयोग भोटेकोशी बाढी प्रभावित व्यवसायीका लागि पुनरुत्थान प्याकेज स्वागतयोग्य : नाडा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सञ्चारमन्त्रीद्वारा देश र जनताको हितमा काम गर्न निर्देशन



अ+ अ-

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देश र जनताको हित हुनेगरी जिम्मेवारीपूर्वक काम गर्न गोरखापत्रको नेतृत्वलाई निर्देशन दिनुभएको छ ।

मन्त्रालयमा आज गोरखापत्र संस्थानका नवनियुक्त अध्यक्ष गोविन्द भण्डारी (अखण्ड) लाई नियुक्तिपत्र प्रदान गर्दै मन्त्री खरेलले इतिहास बोकेको संस्था गोरखापत्रको शाख बलियो हुनेगरी काम गर्न निर्देशन दिनुभयो ।

सञ्चारमन्त्री खरेलले नेपाली पत्रकारिताको ऐतिहासिक संस्थाको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै देश र जनताको हितमा काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

गोरखापत्र संस्थानले जनआन्दोलन र सरकारको मर्म र भावनाअनुसार सुशासन कायम गर्न, भ्रष्टाचार नियन्त्रण गर्न र निर्वाचन सफल पार्नेगरी जनताका पक्षमा काम गर्न आग्रह गर्दै उहाँले सकारकातर्फबाट आवश्यक सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नवनियुक्त अध्यक्ष भण्डारीले गर्विलो इतिहास बोकेको संस्थानको अध्यक्षका रुपमा आफ्नो योग्यता र क्षमताले भ्याएसम्म संस्थानको सुधार गर्दै जनताका पक्षमा काम गर्ने बताउनुभयो ।

कार्यक्रममा मन्त्रालयका सचिव राधिका अर्याललेसमेत नवनियुक्त अध्यक्ष भण्डारीलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । पुस २८ गतेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई गोरखापत्र संस्थानको अध्यक्षमा नियुक्त गरेको थियो । रासस