१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसभित्र एकता आवश्यक छः नेपाल प्रेस युनियन



अ+ अ-

काठमाडौँ । नेपाल प्रेस युनियनले कांग्रेसभित्र एकता आवश्यक रहेको बताएको छ ।

प्रेस युनियनका अध्यक्ष शिव लम्सालले आज एक विज्ञप्ती जारी गरी मुलुक र लोकतन्त्रको भविष्य हेरेर एकताको यात्रा तय गर्न नेपाली कांग्रेसका नेताहरूलाई आग्रह गर्नुभएको हो ।

अध्यक्ष लम्सालले लोकतान्त्रिक व्यवस्थामा दलहरू विभाजन हुँदा त्यसको मार सञ्चार क्षेत्रले खेप्नुपर्ने भन्दै विभाजन नभई एकताको बाटो रोज्न सबैलाई अनुरोध गर्नुभयो । उहाँले संविधान र लोकतन्त्रको भविष्यका लागि नेपाली कांग्रेसजस्ता लोकतान्त्रिक दलहरूको एकता जरुरी रहेको उल्लेख गर्नुभयो । “नेपाल प्रेस युनियन नेपाली कांग्रेसका सबै जिम्मेवार नेताहरूले लोकतन्त्र र मुलुकको भविष्यलाई केन्द्रमा राखेर विभाजन नभई एकताको यात्रा तय गर्न अनुरोध गर्दछ,” अध्यक्ष लम्सालद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

नेपाल प्रेस युनियनले युनियनमा आवद्ध देशभरका पत्रकारलाई विचलित नभई एकताको पक्षमा अभिमत प्रकट गर्न अनुरोध समेत गरेको छ ।