१९ भाद्र २०८३, शुक्रबार
,
Latest
सङ्खुवासभाम शिक्षकको हत्या नेपालले जलवायु न्याय खोज्ने अन्तर्राष्ट्रिय प्लाटफर्म कस्ता छन्ः यसो भन्नुहुन्छ जलवायु वित्त विज्ञ राजु पण्डित… कृष्णभीरमा पृथ्वीराजमार्गको नयाँ ट्रयाक खोल्न थालियो गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै जलवायु सङ्कटसँग जुध्न विकासशील मुलुकलाई थप वित्तीय तथा प्राविधिक सहयोग आवश्यकः एलडिसी त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुई जनालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइयो पिकलबल विश्वकपमा नेपाललाई ऐतिहासिक कास्य, दावा सोनाम शेर्पाले रचे इतिहास भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको लाम साल्ट ट्रेडिङद्वारा विपद् प्रभावितका लागि रु ६० लाख सहयोग भोटेकोशी बाढी प्रभावित व्यवसायीका लागि पुनरुत्थान प्याकेज स्वागतयोग्य : नाडा
तपाईं के खोज्दै हुनुहुन्छ ?

हातहतियार बुझाउन गुल्मी प्रशासनको आग्रह



अ+ अ-

तम्घास। आगामी फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनको सुरक्षालाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय गुल्मीले हातहतियार बुझाउन आग्रह गरेको छ ।

आज प्रशासनले एक सूचना जारी गर्दै जिल्लाभित्र रहेका इजाजतप्राप्त हातहतियार तथा खरखजानाहरू माघ १५ गतेभित्र बुझाउन आग्रह गरेको हो ।

उक्त हतियारहरू नजिकैकको प्रहरीचौकी वा जिल्ला प्रहरी कार्यालयमा बुझाउन सकिनेछ र निर्वाचन सम्पन्न भएपश्चात् हातहितयारहरू फिर्ता लैजान पाइनेछ ।

गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार जिल्लामा ७८ वटा हातहतियार तथा खरखजानाहरू दर्ता रहेका छन् । यदि कसैले कानुनविपरीत घरमै हातहतियार राखेमा कानुनबमोजिम कारबाही हुने गैरेले बताउनुभयो ।