१० असार २०८३, बुधबार
,
Latest
शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी सरकारले कुनैपनि व्यवसाय सञ्चालन गर्दा मानव अधिकार हनन हुन नदिन कडा निगरानी राख्नुपर्दछः तपबहादुर मगर बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार राजधानीका टोलटोलमा फिल्म महोत्सव तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए कांग्रेसले १५औँ महाधिवेशन लक्षित क्रियाशील सदस्यता अभियानका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटायो तराईमा तापक्रम निरन्तर उकालोतिर, सतर्कता अपनाउन आग्रह रास्वपा महाधिवेशन : उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक हुन नसक्दा निर्वाचन प्रक्रिया थप लम्बिने प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन प्रक्रिया सुरु, चन्द्र भण्डारी सानेपा पुगे, सुनिल शर्मा बाहिरिए



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा विभिन्न झाँकीहरु देखिन थालेका छन् । यसक्रममा केही समयमात्र अघि नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा चन्द्र भण्डारी महाधिवनेशनस्थलबाट बाहिरिएका छन् ।

उनले निर्वाचनका कारण पार्टी फुट्न सक्ने भन्दै निर्वाचन प्रक्रियामा सामेल नहुने बताएर बाहिरिएका छन् ।

उनी संस्थापन पक्षले आह्वान गरेको केन्द्रीय समितिको बैठकमा सहभागी हुने भन्दै सानेपातिर लागेका हुन् ।

उता महाधिवेशनस्थलबाट कांग्रेसका अर्का नेता डा सुनिल शर्मा पनि बाहिरिएका छन् । उनले पनि निर्वाचन प्रक्रियाले पार्टी फुट्न सक्ने भएकाले यसमा आफू सहभागी नहुने बताउँदै बाहिरिएका छन् ।

यता महाधिवेशनस्थल भृकुटीमण्डपमा निर्वाचनको प्रक्रिया सुरु भएको छ । महाधिवेशन प्रतिनिधिहरुले उम्मेदबारी दर्ता गराइरहेका छन् । मतदान भने आज राति ९ बजेबाट सुरु हुने भएको छ । पार्टी सभापतिमा विश्वप्रकाश या गगनले उम्मेदबारी कसले दिने भन्ने केही आएको छैन ।

यता संस्थापन पक्षले बोलाएको वार्ता पनि जारी नै रहेकाले अवस्था के हो भन्न सक्ने अवस्था छैन ।