१९ भाद्र २०८३, शुक्रबार
,
Latest
सङ्खुवासभाम शिक्षकको हत्या नेपालले जलवायु न्याय खोज्ने अन्तर्राष्ट्रिय प्लाटफर्म कस्ता छन्ः यसो भन्नुहुन्छ जलवायु वित्त विज्ञ राजु पण्डित… कृष्णभीरमा पृथ्वीराजमार्गको नयाँ ट्रयाक खोल्न थालियो गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै जलवायु सङ्कटसँग जुध्न विकासशील मुलुकलाई थप वित्तीय तथा प्राविधिक सहयोग आवश्यकः एलडिसी त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुई जनालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइयो पिकलबल विश्वकपमा नेपाललाई ऐतिहासिक कास्य, दावा सोनाम शेर्पाले रचे इतिहास भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको लाम साल्ट ट्रेडिङद्वारा विपद् प्रभावितका लागि रु ६० लाख सहयोग भोटेकोशी बाढी प्रभावित व्यवसायीका लागि पुनरुत्थान प्याकेज स्वागतयोग्य : नाडा
तपाईं के खोज्दै हुनुहुन्छ ?

चुरे मधेसको छानाः मुख्यमन्त्री यादव



अ+ अ-

महोत्तरी। मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले चुरे मधेसको छाना भएको बताउनुभएको छ । मधेसको जीवनको आधार हुँदा चुरेको संरक्षण बेगर मधेसको कल्पना गर्न नसकिने उहाँको भनाइ छ ।

मुख्यमन्त्री यादवले आज महोत्तरीको बर्दिवासमा सम्पन्न ‘चुरे तथा जैविक विविधता संरक्षण एवं उपयोगका लागि नीति निर्माण’ विषयक एक दिने कार्यशालालाई सम्बोधन गर्दै भन्नुभयो, “चुरेबिना मधेसको जीवन रहन्न, तसर्थ यसको संरक्षण र समुचित व्यवस्थापन गरिन पर्छ ।”

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानअन्तर्गतको विशिष्टीकृत अनुसन्धान केन्द्र मधेस प्रदेशले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री यादवले चुरे संरक्षण र व्यवस्थापनमा विज्ञहरुका सुझाव प्रदेश सरकारले कार्यान्वयनमा लाने प्रतिबद्धता जनाउनुभयो ।

“प्रतिष्ठानका विज्ञहरुले तथ्यपरक ढङ्गले व्यावहारिक सुझाव दिनुहोस्”, यादवले भन्नुभयो, “प्रदेश सरकारले ती सुझाव कार्यान्वयन गर्ने छ ।’’ यस कार्यमा सङ्घीय सरकार, सङ्घीय सरकारका यी क्षेत्र हेर्ने निकाय र सम्बन्धित स्थानीयतह एवं प्रदेश सरकारबीच सहकार्य र समन्वय अपरिहार्य रहेको उहाँको भनाइ छ । यसको मुख्य संयोजनको भूमिका सङ्घीय सरकारले लिनुपर्ने यादवले बताउनुभयो ।

कार्यक्रममा चुरे र तराई अन्तरसम्बन्धः नीतिगत बहस र छलफल विषयक कार्यपत्र चुरेविज्ञ डा विजयकुमार सिंहले प्रस्तुत गर्नुभयो । कार्यपत्रमा चुरेको सम्वेदनशील खुकुलो प्रकृतिबारे स्पष्ट पार्दै डा सिंहले चुरे संरक्षणमा प्रकृतिजन्य, मानवजन्य र नीतिगत चुनौती रहेका उल्लेख गर्नुभयो ।

त्यसैगरी डा विनोद भट्टले ‘चुरे संरक्षणः नीति, व्यवहार र कार्यान्वयन’बारे अर्काे कार्यपत्र प्रस्तुत गर्नुभयो । कार्यशालाले चुरे संरक्षण र उपयोग नीतिबारे प्रदेश सरकारलाई सुझाव दिने मधेसको विशिष्टीकृत अनुसन्धान केन्द्रका विज्ञ सदस्य डा विद्यासागर वर्माको भनाइ छ । रासस