१७ असार २०८३, बुधबार
,
Latest
मुस्ताङमा युरेनियम उत्खननबारे नेपाली सेना–अमेरिकी सेनाबीच कुनै सम्झौता छैन : परराष्ट्रमन्त्री खनाल संसदीय शासन प्रणाली असफल भइसक्यो, प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली उपयुक्त विकल्प हुनसक्छः वामदेव गौतम देश फिल्मी संवाद र ‘ह्याङओभर’बाट चल्दैनः सांसद शर्मा सरकार दुई तिहाइ बहुमतको आडमा मनपरी ढंगले अघि बढ्न खोज्यो, खबरदारी गर्नुपर्छः युवराज ज्ञवाली न्युनतम यात्रु पनि नभएपछि कतिपय विमानस्थलहरु नियमित रुपमा सञ्चालन गर्न सकिएनः पर्यटनमन्त्री पौडेल भारतीय हेलिकप्टर प्रतिकूल मौसमका कारण नेपाली भूभाग प्रवेश गरेको हो, यसमा अरु नियोजित एवं गलत… कुटनीतिक वार्तामार्फत सीमा विवाद समाधान गर्न सरकार प्रतिवद्ध, सुस्तामा तटबन्ध निर्माणबारे भारतीय पक्षसँग समन्वय हुँदै डिशहोमको तुषाल मल्टिभेन्युसँग हातेमालो, भर्चुअल प्रिभिलेज कार्डमार्फत सुविधा प्रदान गर्ने स्वचालित प्रणाली अनुरुप भाडा समायोजन गर्न माग काभ्रेपलाञ्चोकमा सवारी दुर्घटनामा युवतिको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिममा २० हजार ७२७ प्रहरी परिचालन गरिने



अ+ अ-

सुदूरपश्चिम। आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा २० हजार ७२७ नेपाल प्रहरी र निर्वाचन प्रहरी परिचालन गरिने भएको छ ।

निर्वाचन सुरक्षा योजनाअन्तर्गत नेपाल प्रहरी र निर्वाचन प्रहरी परिचालन गर्न लागिएको हो । परिचालन गरिनेमध्ये सात हजार ३७४ नेपाल प्रहरी र १३ हजार ६६९ निर्वाचन प्रहरी हुने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालय, निर्वाचन सेलका प्रहरी निरीक्षक धर्म विष्टले भन्नुभयो, “निर्वाचन सुरक्षा योजनाअनुसार मतदानस्थलको पहिलो सुरक्षा घेरामा नेपाल प्रहरी खटिने छन्, हरेक मतदान केन्द्रमा तीन प्रहरी सङ्ख्या बराबर पाँच जनाका दरले निर्वाचन प्रहरी परिचालित हुँदैछन् ।”

यसबाहेक सशस्त्र प्रहरी बल र नेपाली सेना पनि आ आफ्नो सुरक्षा योजनाअनुसार निर्वाचनको सुरक्षामा परिचालित हुन लागेको कार्यालयका प्रहरी प्रवक्ता गौतम मिश्रले बताउनुभयो ।

प्रदेशका सबै नौ जिल्लामा ३०२ मतदानस्थललाई सामान्य, ३९५ मतदानस्थललाई संवेदनशील र ४८१ मतदानस्थललाई अतिसंवेदनशील निर्वाचनस्थल तोकेर सोहीअनुसारको सुरक्षा व्यवस्थापन मिलाउन लागिएको छ । निर्वाचनका लागि प्रदेशभर एक हजार १७८ मतदानस्थल र दुई हजार १८६ मतदान केन्द्र कायम गरिएको छ ।

प्रदेशको कैलाली जिल्लामा पाँच, कञ्चनपुरमा तीन, अछाममा दुई, बझाङ, डोटी, बाजुरा, दार्चुला, बैतडी र  डडेलधुरामा एक/एक गरी १६ प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन् । रासस




भर्खरै