८ भाद्र २०८३, सोमबार
,
Latest
बेलायतले मिसाइल उत्पादनबारे युक्रेनलाई जानकारी दिएको क्रेमलिनको दावी टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित मेरिकी सांगीतिक दूत जेसिका लीन काठमाडौंमा, नेपाली संगीतकर्मीसँग व्यावसायिक आदानप्रदान प्रशासन जागिर होइन, निष्ठा र जिम्मेवारीको पुस्तान्तरण हो हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीको खाँचो छ: राष्ट्रपति गोसाइँकुण्ड मेला तयारी पूरा, निर्धक्क भएर यात्रा गर्न अनुरोध पोखरा–जोमसोम हवाई उडान पुनः सुरु अरनिको राजमार्गको कोदारी खण्ड एक महिनापछि सञ्चालनमा, लिपिङमा पहिरो पन्छाउने कार्य अन्तिम चरणमा पार्टीको आन्तरिक मामिलामा अदालत प्रवेश गर्दैनः अर्जुननरसिंह केसी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब काँग्रेसको सभापति शेखर कोईराला हो, विशेष महाधिवेशनबाट नीति मात्रै पारित हुन्छः सुनिल शर्मा



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. सुनिल शर्माले जारी नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट नीति मात्रै पारित हुने दाबी गर्नुभएको छ ।

सोमवार काठमाडौंमा डा. शेखर कोईराला पक्षधरहरुको भेलापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो ।

आईतवारबाट नेपाली काँग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गर्नुभएको विशेष महाधिवेशन अहिले भृकुटीमण्डपमा जारी छ । तर संस्थापन पक्षसहितका शिर्ष नेताहरु महाधिवेशनमा सहभागी छैनन् । यता डा. कोईराला पक्षधर नेताहरुले भने छुट्टै भेला गरेका छन् । उनीहरुले पार्टी फुट्न दिन नहुने भन्दै कोईरालालाई पहल गर्न आग्रह गरेका छन् ।

सञ्चारकर्मीहरुसँगको कुराकानीमा शर्माले पार्टी नफुटोस् भन्ने सबैको चाहना रहेको बताउनु भयो । शेखर कोईरालाले आत्मसमर्पण गर्नुभयो भन्ने भ्रम फैल्याइएको भन्दै पार्टी फुट्न नदिन दुवै पक्षका नेताहरुसँग आफूले पहल गर्ने कोईरालाले बताउनुभएको जानकारी दिनुभयो । नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन हुनुपर्छ भन्ने माग शेखर कोईराला पक्षको रहेकाले आफूहरुको माग हाइज्याक भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पार्टी नफुटोस् भन्ने नै हो । पार्टी फुटको संघारमा रहेकाले त्यो नफुटोस् भन्ने नै हो । शेखर कोईरालाले आत्मसमर्पण गरे भन्ने ढंगले बाहिर लगिएको छ । पार्टी नफुट्ने लाइनमा सबैलाई आग्रह गर्ने कुरा भएको छ । एउटा समाधान निकालेर पार्टी फुट्न नदिन आग्रह गर्ने कुरा भएको छ । हामी पार्टी फुट्न दिनु हुँदैन भन्ने लाइनमा छौँ । नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन हुनुपर्छ भन्ने एजेण्डा हाम्रै हो । बीचमा आइज्याक भएको हो । समयमा अधिवेशन हुनुपर्छ भनेर हाम्रो टिमले भन्दै आएको हो । अधिवेशनको एजेण्डा त हाम्रै हो नि ।’

उहाँले डा. शेखर कोईराला काँग्रेसको सभापति बन्ने तर विशेष महाधिवेशनबाट नीति मात्रै पास हुने दाबी गर्नुभयो । वैशाख वा असारमा हुने नियमित महाधिवेशनबाट कोईराला काँग्रेसको सभापति बन्ने बताउनु भयो ।