८ आश्विन २०८१, मंगलवार
,
Latest
आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:… यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित कुलोमा डुबेर एक बालिकाको मृत्यु भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले तानाशाही व्यवस्थामा विश्वास गर्दैन: प्रधानमन्त्री



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार तानाशाही व्यवस्थामा विश्वास नगर्ने बताएका छन् । निकासी प्रवर्द्धन केन्द्रले आयोजना गरेको कार्यक्रममा उनले सुशासन कायम गर्ने मामिलामा निजी क्षेत्रसँग केही विवाद रहे पनि सरकार निजी क्षेत्रलाई पेल्ने र बाँध्ने जस्तो तानाशाही व्यवस्थामा विश्वास नगर्ने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले भने ‘उत्पादन र उद्यमशीलता विकास गर्दै राज्यलाई योगदान गर्नुस् सरकार सदैव सहयोग गर्न तयार छ’ । राजनीतिक परिवर्तनपछि अब आर्थिक विकास र सुशासनको लागि कानुन निर्माण गर्न सरकार लागि परेको प्रधानमन्त्री ओलीले बताए । नेपालबाट सबै वस्तु निर्यातको सम्भावना रहेको भन्दै उनले उत्पादनमा जोड दिन र आयात प्रतिस्थापनमा सहयोग गर्न निजी क्षेत्रलाई आग्रह गरे ।

मुलुकका कुनै पनि निकायलाई सरकारले सत्ताका स्वार्थका लागि अप्ठ्यारो नबनाउने पनि उनले बताए । ‘राज्यको कमिसनको लागि कसैलाई पनि अप्ठ्यारो बनाउँदैनौ । हामी लोकतान्त्रिक व्यवस्थामा छौं’ उनले भने, ‘तर सुशासन र लोकतन्त्र तथा पारदर्शितामा सरकार सम्झौता गर्दैन ।’ ‘कानुनी अप्ठ्यारो छ भने व्यवसायी आफैंले कानुन ड्राफ्ट गर्नुस् छलफल गरौंला’ प्रधानमन्त्री ओलीले भने ।