१३ भाद्र २०८३, शनिबार
,
Latest
गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा भोटेकोशी बाढीमा ज्यान गुमानेको सङ्ख्या ६१६ पुग्यो चीनको सिजाङस्थित जिरोङ नाकामा ड्रोनमार्फत राहत सामग्री आपूर्ति, ५५४ जना अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवादका बीच अन्ततः मन्त्री घिसिङले दिए राजीनामा



अ+ अ-

काठमाडौं । उर्जा सहित तीन मन्त्रालयको जिम्मेवारीमा रहेका मन्त्री कुलमान घिसिङले अन्ततः राजीनामा दिएका छन् ।

मन्त्री घिसिङसँग प्रधानमन्त्री सुशिला कार्कीले हिजोमात्र मन्त्रिपरिषदमै राजीनामा माग गरेकी थिइन् । उनी र अरु दुई जना मन्त्री जगदिश खरेल र बब्लु गुप्तासँग पनि प्रधानमन्त्रीले राजीनामा माग गरेकी थिइन् ।

यो पनि पढ्नुहोसकुलमानको ‘काइते’ कुरा

राजधानीमा मंगलबार आयोजित एक कार्यक्रममा मन्त्री घिसिङलाई रास्वपामा सामेल भएको हो वा होइन भनी एक युवाले प्रश्न गरेका थिए । जवाफमा मन्त्री घिसिङले ”म कुनै दलमा आबद्ध छैन” भन्दै संक्षिप्त उत्तर दिएर पन्छिएका थिए ।

केही दिनदेखि नै उनी खुलेआम पार्टी काममा संलग्न रहेको भन्दै सामाजिक संजालमा निर्वाचित सरकारको सिद्धान्त विपरीत रहेकाले मन्त्री घिसिङलाई तत्कालै हटाउनु पर्ने माग बढ्दै थियो ।

घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी विधिवत रुपमै रास्वपामा मर्ज भएपछि उनलाई सभापति रबि लामिछाने पछि दोस्रो बरियतामा उपसभापति बनाइएको थियो ।

उनले आफ्नो कार्यकालमा विकास निर्माण समेतका विविध कार्यमा उल्लेखनीय कार्य गरेको दाबी गरे पनि विवादमुक्त हुन सकेका थिएनन् ।

आगामी फागुन २१ ग्ते आह्वान भएको आम निर्वाचनमा मन्त्री घिसिङ काठमाडौँ क्षेत्र नं ३ बाट उम्मेदबार बन्ने तयारीमा छन् । उनले सो क्षेत्रमा निर्वाचन प्रचार नै गरिरहेका छन् ।

मन्त्री घिसिङले मन्त्रीको गाडी चढेर देशव्यापी पार्टी प्रचारका लागेको भनेर पनि व्यापक मात्रामा विरोध भएको थियो ।

गत भदौ २२ र २३ गते भएको जेनजी आन्दोलनका क्रममा तत्कालीन सरकार अपदस्थ भएपछि पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीको नेतृत्वमा नागरिक सरकार बनेको थियो ।

गैरदलीय नामको सो सरकारकमा रहेका मन्त्रीहरु पार्टीमा लागेपछि प्रधानमन्त्री कार्कीले नै राजीनामा माग गरेकी थिइन् । त्यसको पहिलो किस्तास्वरुप मन्त्री घिसिङले आजै राजीनामा दिएका हुन् ।