९ असार २०८३, मंगलवार
,
Latest
बाली सुक्न थालेपछि हुम्लाका किसान चिन्तित मेडिकल शिक्षा अध्ययनका लागि विदेशी विद्यार्थीको कोटा बढाउने सरकारको तयारी सङ्खुवासभाकाे मादीमा आगलागी हुँदा १५ लाख बराबरको क्षति जुम्लाको गुठीचौर गाउँपालिका अध्यक्षसहित तीन जना जनप्रतिनिधि दल त्यागपछि पदमुक्त हरेक रिटमा प्रधानमन्त्री कार्यालयलाई विपक्षी नबनाउन आग्रहः राज्यको स्रोत र साधनको अनावश्यक खर्च भएको ठहर कायममुकायम सीईओ नियुक्त भएको एक सातामै हिमालयन रिका मुकेश कपुरको राजीनामा गायक विधान श्रेष्ठ नौ वर्षपछि फेरि पलेँटीमा स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास रास्वपाको नयाँ नेतृत्व चयन भोलि, विद्युतीय मतदानमार्फत सभापति र ९९ केन्द्रीय सदस्य छनोट हुने महेश बस्नेतले भने: विष्णु पौडेलसँगै बालेन र सुधन गुरुङको पनि सम्पत्ति छानबिन हुनुपर्छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेन, रवि, कुलमानलक्षित ओलीको टिप्पणीः २० वर्षसम्म चुनाव जित्नेवाला छैनन्



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले रवि लामिछाने, बालेन्द्र साह, कुलमान घिसिङहरुले अझै बीस वर्ष निर्वाचन नजित्ने दाबी गर्नुभएको छ ।

पार्टीमा आवद्ध नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी प्रहरी संगठन (नेपोन)ले बुधवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सो जिकिर गर्नुभएको हो ।

अध्यक्ष ओलीले मुलुकमा निर्वाचन भए एमालेले जित्ने पनि बताउनु भयो । उहाँले एमाले–काँग्रेसले चुनाव जित्ने भए नगराउने भन्ने पनि आफूले सुन्ने गरेको भन्दै आपत्ति समेत जनाउनु भयो । अध्यक्ष ओलीले बालेन्द्र साहप्रति लक्षित गर्दै केही पनि काम नगरेको मान्छेलाई महान काम गरेको भनेर भन्ने पक्षमा कोही पनि नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘हामी चुनाव भयोभने हामी सहभागी हुन्छौँ । र चुनाव जित्छौ । म सुन्छु–एमाले–काँग्रेसले जित्छ भने चुनाव नगराराउने रे । अनि फलानाले जित्छ भने मात्रै गराउने रे । ती फलाना, फलानाले अब आउँदो २० वर्ष कमसेकम जित्नेवाला छैनन् । के गर्ने त ? चुनाव नगराउने २० वर्ष ? अब २० वर्ष तीनले चुनाव जित्नेवाला छैनन् । यो डम्फु बजाउन बेग्लै कुरा हो । के गर्ने त । म फेरि दोहो¥याएर भन्छु–चुनाव गराए एमालेले चुनाव जित्छ ल । अब के गर्ने त ? कि हामीले यो नभनिदिनुपर्ने ? चुनावमा हामीले के भनिदिनुपर्ने ? उहाँहरुले नै जित्नुहुन्छ भनिदिनुपर्ने ? उहाँहरुले अगाडि सारेका प्रधानमन्त्रीलाई यस्तो महान काम गरेको छ, देश बनाएको छ, बाटो हे¥यो, उहाँहरुले अगाडि सारेको मान्छे देखिन्छ, पुल उसैले बनाएको छ । एयरपोर्ट उसले बनाएको छ । कृषिको आधुनिकिकरण उसैले गरेको छ । यो गरेको छ । त्यो गरेको छ । भन्ने कि के भन्ने ?   ’

अध्यक्ष ओलीले न्यायालयमाथि धम्की आउन थालिसकेको उल्लेख गर्दै यस्तो अवस्थामा कसरी निर्वाचन गराउन सकिन्छ ? भनेर सरकारलाई प्रश्न समेत गर्नुभयो । सरकारले निर्वाचन गराउने भन्दा पनि अन्यत्र ध्यान दिएको उहाँको आरोप थियो ।