१० असार २०८३, बुधबार
,
Latest
धौलागिरिको ४८ करोड ५२ लाखको बजेट पारित वीरेन्द्रनगर नगरपालिकाले ल्यायो चार अर्ब ७१ करोडको बजेट चुनाव प्रचारमा भएको फोहर सङ्कलन गर्दै उम्मेदवार सभापतिको प्रस्तावक प्रधानमन्त्री भएपछि गुटउपगुट अन्त्य भयोः शाह वीरगञ्ज महानगरद्वारा चार अर्ब ४२ करोडभन्दा बढीको बजेट सार्वजनिक रास्वपा महाधिवेशन प्रतिनिधिको आरोप–स्वर्णिम वाग्लेको अर्थ–राजनीतिक प्रश्ताव संघीय शासन प्रणालीमाथि आक्रमण गर्नेगरी आयो, पर्याप्त छलफल… रास्वापाको महाधिवेशन निर्वाचन तालिका संशोधन ड्युटीका बेला सेवाग्राहीसँग हात नमिलाउन ट्राफिक प्रहरीलाई निर्देशन ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य निर्वाचनको मतदान साँझ ७:३० बजेबाट सुरु हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रम्पलाई एर्दोगानको चेतावनीः भेनेजुएलालाई अस्थिरतातर्फ नधकेलियोस्



अ+ अ-

काठमाडौँ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको टेलिफोन वार्तामा भेनेजुएलाको राजनीतिक स्थिरता र अन्तर्राष्ट्रिय कानूनको रक्षाका लागि जोड दिनुभएको छ ।

एर्दोगानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुराकानी गर्दै भेनेजुएलालाई अस्थिरताको खाडलमा धकेलिन नहुने बताउनुभएको हो ।

मन्त्रिपरिषद्को बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै एर्दोगानले विश्वको कुनैपनि कुनामा हुने राजनीतिक वैधानिकता र अन्तर्राष्ट्रिय कानूनको उल्लंघनलाई टर्कीले समर्थन नगर्ने स्पष्ट पार्नुभयो । एर्दोगानले कुनैपनि देशको सार्वभौम अधिकार र अन्तर्राष्ट्रिय कानूनको उल्लंघन गर्नु जोखिमपूर्ण कदम हुने र यसले विश्वव्यापी रूपमा गम्भीर जटिलताहरू निम्त्याउन सक्ने चेतावनी दिनुभयो । उहाँले ट्रम्पसँगको वार्तामा टर्कीको चिन्ता व्यक्त गर्दै भेनेजुएलाको सुरक्षा र अखण्डताको मुद्दालाई प्राथमिकताका साथ उठाउनुभएको थियो । राष्ट्रपति एर्दोगानले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र त्यहाँका जनता सधैं टर्कीको असल मित्र रहेको उल्लेख गर्नुभयो । उहाँले टर्कीले सधैं भेनेजुएली जनताको हितमा हुने कार्यको पक्षमा वकालत गर्ने र कानूनको शासन भन्दा शक्तिको कानून हावी हुने विश्व व्यवस्थाले द्वन्द्व मात्र निम्त्याउने बताउनु भयो ।

यो कुटनीतिक कदम यस्तो समयमा आएको हो जब अमेरिकी सेनाले भेनेजुएलामा श्रृंखलावद्ध आक्रमण गरी राष्ट्रपति मादुरो र उहाँकी पत्नीलाई नियन्त्रणमा लिएर न्युयोर्क पुर्याएको खबर सार्वजनिक भएको छ । यस घटनाले विश्वभर व्यापक निन्दा र विरोध जन्माएको छ ।