१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद News Polar ‘हिमाल र समुद्र नक्सामा टाढा देखिन्छन्ः प्रकृतिले भने विपरीत कुरा बताउँछ’ News Polar नारायणीको बाढी खतराको तह नजिक, गण्डक ब्यारेजका सबै ढोका खुला News Polar प्रधानमन्त्री वालेन्द्र शाह आज दिउँसो स्वदेश फर्किनुहुँदै News Polar कांग्रेस महाधिवेशन उद्घाटनमा ओली, दाहाल र लामिछानेलाई निमन्त्रणा News Polar साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी News Polar युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप बिगार्ने पुटिनको चेतावनी News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक

खानेपानीमन्त्री परियारद्वारा पदभार ग्रहण

खानेपानीमन्त्री परियारद्वारा पदभार ग्रहण
अ अ+ अ-

काठमाडौँ। खानेपानीमन्त्री डा मदनप्रसाद परियारले आज पदभार ग्रहण गर्नुभएको छ ।

कृषि तथा पशुपन्छी विकासमन्त्रीको जिम्मेवारीसमेत सम्हाल्दै आउनुभएका मन्त्री परियारलाई आइतबार प्रधानमन्त्रीद्वारा खानेपानी मन्त्रालयको अतिरिक्त जिम्मेवारी तोकिएको थियो ।

सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आयोजित कार्यक्रममा पदभार ग्रहण गर्दै मन्त्री परियारले देशभरका नागरिकलाई शुद्ध, सुरक्षित तथा दिगो खानेपानीको पहुँच सुनिश्चित गर्न मन्त्रालयले प्राथमिकताका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो ।

“तराई मधेससहित देशका धेरै क्षेत्रका नागरिकहरू अझै पनि शुद्ध खानेपानीको पहुँचबाट वञ्चित छन्”, मन्त्री परियारले भन्नुभयो, “नागरिकलाई शुद्ध अनि सुरक्षित खानेपानी उपलब्ध गराउन सरकार, मन्त्रालय र सरोकारवाला सबै निकाय एकजुट भएर लाग्नुपर्छ ।”

उहाँले खानेपानी तथा सरसफाइका क्षेत्रमा देखिएका समस्या समाधानका लागि योजनाबद्ध रूपमा काम अघि बढाइने बताउनुभयो । विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई प्राथमिकतामा राख्दै कार्यक्रमहरू कार्यान्वयन गरिने उहाँले उल्लेख गर्नुभयो ।

यसैगरी मन्त्री  परियालले मधेस प्रदेशमा अधुरा अवस्थामा रहेका खानेपानीका योजनाहरू शीघ्र सम्पन्न गर्ने प्रस्तावलाई सदर गर्नुभएको छ । यसले त्यहाँका नागरिकलाई प्रत्यक्ष रूपमा लाभ पुग्ने विश्वास लिइएको छ । रासस