५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

हत्या गरिएका वनपालेको टाउको घटनास्थलबाट एक सय मिटरमा फेला



अ+ अ-

बरहथवा । सर्लाहीको ईश्वरपुरमा हत्या गरिएका वनपाले रामईश्वर महतोको टाउको भेटिएको छ । ईश्वरपुर नगरपालिकास्थित सागरनाथ वन परियोजनामा वनपालेका रुपमा कार्यरत महतोको शनिबार घाटी काटेर हत्या भएको थियो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सरोज राईका अनुसार शनिबार महतोको टाउको बिनाको शव भेटिएको थियो । आज दिउँसो मात्रै महतोको टाउको घटनास्थलबाट एक सय मिटरको दूरीमा फेला परेको हो । महतोको हत्याको अनुसन्धानमा दुई वटा कुकुरसहित धनुषाको लालगढबाट प्रहरीको विषेश अनुसन्धान टोलीले पुगेको थियो ।

प्रहरीले हत्याको आशङ्कामा एकजनालाई पक्राउ गरेको जनाएको छ । यद्यपि पक्राउ परेका व्यक्ति सार्वजनिक गरिएको छैन ।

शनिबार बिहानै वनमा रूख काटेको आवाज सुनेपछि महतो साइकलमा त्यसतर्फ लाग्नुभएको थियो । उहाँ अबेरसम्म घर नफर्किएपछि आफन्तले खोजी सुरु गरेका थिए ।

महतोको हत्यापछि स्थानीय त्रसित बनेको ईश्वरपुर नगरपालिका–२ का वडाध्यक्ष सुरेन्द्रबहादुर कार्कीले बताउनुभयो । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।