काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार प्रतिनिधि सभामा सम्बोधन गर्ने भएको छ । सरकारका दुईवर्षे कामकारबाहीबारे सदनलाई जानकारी दिन प्रधानमन्त्रीले सम्बोधनको समय माग गरेको हो ।
प्रतिनिधि सभा सचिव गोपालनाथ योगीले शुक्रबार दिउँसो २ बजेको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्नुहुने जानकारी दिए । वर्तमान सरकार बनेको फागुन ३ गते दुई वर्ष पूरा हुने भए पनि शनिबार परेका कारण शुक्रबार नै प्रधानमन्त्रीले सम्बोधन गर्न लागेको हो ।