१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागार्जुन काव्यगोष्ठीमा वरिष्ठ समालोचक डा पोखरेलसहितका श्रष्टा सम्मानित



अ+ अ-

काठमाडौँ। नागार्जुन वाङ्यमय प्रतिष्ठानले वरिष्ठ समालोचक एवं भाषाविद् प्रा डा माधवप्रसाद पोखरेललगायत स्रष्टालाई ‘नागार्जुन वाङ्यमय सम्मान, २०८२’ बाट सम्मान गरेको छ ।

प्रतिष्ठानद्वारा मासिक रूपमा आयोजना हुने ‘शुभप्रभात काव्यगोष्ठी’ का अवसरमा आज उहाँहरूलाई सम्मान गरिएको हो । गाष्ठीमा प्रा डा पोखरेललाई भाषा, साहित्य र समालोचनाका क्षेत्रमा दिनुभएको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान गरिएको हो ।

यसैगरी साहित्यकार एवं समालोचक आरएम डङ्गोल, कथाकार एवं साहित्यिक पत्रकार होमशङ्कर बास्तोला र कवि निरुपम श्रेष्ठलाई पनि सम्मान गरिएको छ ।

कार्यक्रममा वरिष्ठ कवि पूर्ण विराम (बलराम शर्मा) का कविता वाचनमा उत्कृष्ठता हासिल गर्ने कवि चन्द्रलाल तामाङलाई रु एक हजारसहित पुरस्कृत गरियो । उहाँसँग वाचक प्रतिस्पर्धीका रूपमा कवि गोपाल मैनाली रहनुभएको थियो । अप्रतियोगीका रूपमा कवि प्रकाश सिलवालले कवि पूर्ण विरामका कविता वाचन गर्नुभएको थियो ।

प्रतिष्ठानका अध्यक्ष दिल पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रा डा पोखरेलले वाचित कवितामाथि समालोचना प्रस्तुत गर्दै ती कवितामा विद्यमान असमानताका विषय आएको र त्यसको समाधानका लागि माक्र्सवादी चिन्तनलाई सच्चचरित्रका साथ प्रयोग गर्नुपर्ने सन्देश पाइएको बताउनुभयो । उहाँले बोलचालको भाषा सकिएपछि कविताको भाषा सुरु हुने भएकाले कवितामा सिधा अर्थ वा उपदेशात्मक शैली नअपनाउन सुझाव दिनुभयो ।

साझा प्रकाशनद्वारा प्रकाशित कथाकार होमशङ्कर बास्तोलाको ‘रगतको मूल्य’ कथाकृतिमाथि समीक्षा गर्दै समालोचक आरएम डङ्गोलले बास्तोलाका कथामा समाजको यथार्थ चरित्र चित्रण र सुधारोन्मक सन्देश पाइने बताउनुभयो ।

कार्यक्रममा कवि निरुपम श्रेष्ठको एकल कविता प्रस्तुतिका साथै रक्तिम लामा, अल्फिफोहेन फाक्लुप्पा, गङ्गा खतिवडा, टिपी बाराकोटी, लक्ष्मण अधिकारी, दिनेशराज खरेल, बलराम विष्ट, तिलक गाउँले, प्रख्यात पाण्डे, सङ्गी काली, युवराज नास्तिक, नवीन पल्वभ, नवराज न्यौपानेले रचना वाचन गर्नुभएको थियो ।