१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउदी अरेबियाको एआई र डिजिटल नवप्रवर्तनमा ऐतिहासिक कदम



अ+ अ-

रियाध। साउदी अरेबियाले बिहीबार रियाधमा हेक्सागन डाटा केन्द्रको शिलान्यास गरेको छ । अधिकारीहरूले जनाएको अनुसार यो डाटा केन्द्र मेगावाट क्षमताका हिसाबले विश्वकै ठूलो सरकारी स्वामित्वको केन्द्र बन्नेछ ।

यस केन्द्रको क्षमता ४८० मेगावाट रहने र दुई दशमलव आठ लाख वर्गमीटर क्षेत्रमा फैलिनेछ । साउदी डाटा तथा कृत्रिम बुद्धिमत्ता (एआई) प्राधिकरणले संचालन गर्ने यस परियोजनाले राज्यको द्रुत रूपमा विस्तार भइरहेको इलेक्ट्रोनिक सरकार प्लेटफर्म र डिजिटल सेवाहरूका लागि अधिकतम उपलब्धता सुनिश्चित गर्ने उद्देश्य राखेको छ ।

प्राधिकरणका अध्यक्ष अब्दुल्लाह बिन शराफ अल्घामदीले उद्घाटन समारोहमा भन्नुभयो, “हामी एकीकृत डिजिटल पारिस्थितिकी तन्त्र निर्माणमा केन्द्रित छौं ।”

उहाँले यस परियोजनालाई राष्ट्रिय प्रतिस्पर्धात्मकताको आधारको रूपमा प्रस्तुत गर्दै यसले देशभित्र कृत्रिम बुद्धिमत्ता क्षेत्रमा विशेषज्ञता विकास गर्ने र अन्तर्राष्ट्रिय प्रविधि लगानी आकर्षित गर्ने विश्वास व्यक्त गर्नुभयो ।

यस परियोजनाले साउदी भिजन सन् २०३० का उद्देश्यहरूसँग मेल खानेछ, जसमा ‘दिगो ज्ञानआधारित अर्थतन्त्र निर्माण र उन्नत प्रविधिमा विश्व नेतृत्व हासिल गर्ने’ लक्ष्य समावेश छ । (रासस/सिन्ह्वा)