८ आश्विन २०८१, मंगलवार
,
Latest
आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:… यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित कुलोमा डुबेर एक बालिकाको मृत्यु भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसकारण सही बाटोमा छ सरकार



अ+ अ-

काठमाडौं । सरकारले पहिलो बर्षलाई आधार बर्ष भन्यो । कानुन निर्माणका दृष्टिकोणले अघिल्लो बर्ष आधार बर्ष नै थियो । पूर्वाधार निर्माणका दृष्टिकोणले हरेक बर्ष आधार बर्ष हुन्छन् । किनकी पूर्वाधार समयको आवश्यकताअनुरुप निरन्तर चलिरहने प्रक्रिया हो । सरकारको दोश्रो बर्ष निर्माण र कार्यान्वयन बर्ष रह्यो । नयाँ सोच, सपना र त्यस अनुसार कार्याक्रम र कार्यान्वयनको बर्ष बन्यो । प्रधानमन्त्री केपी शर्मा आलीले देखेका सपनाहरुले यर्थाथ मार्गको यात्रा आरम्भ गरेको बर्ष हो ।

देश विकासको सपना देख्न सामथ्र्य चाहिन्थ्यो तर असक्षम र अयोग्यहरुले प्रधानमन्त्री ओलीलाई आफूजस्तै ठाने । र, निरन्तर निराशाको खेती गरिरहे र भने– ओली सपना देख्छन्, जो कहिले पुरा हुँदैनन् । अर्थात हावा योजना फाल्छन् । तर ओलीले प्रमाणित गर्नुभयो– पहिला सपना चाहिन्छ । सपना देखेपछि सम्भव हुन्छ । र, अहिले हुँदैछन् ।

एकथरी राजनीतिक वृतले असम्भव भनेर निरन्तर प्रचार गरेका सपना यतिबेला सत्य भए । धमाधम कार्यान्वयनतर्फ अघि बढेका छन् । कुनै सम्भाब्यता अध्ययन, कुनै पूर्वाधार निर्माण, कुनै व्यवसायिक दृष्टिकोणले । नारायणीमा पानीजहाज संचालन सफल भयो, ब्यापारिक विहार हुँदैछ । सप्तकोशीमा जल यातायातले जीवन सहज बनाएको छ । लामो दुरीको होइन, छोटो दुरीको नेपाल–भारत रेल गुड्दैछ । रक्सौल–अमलेखगन्ज पाइपलाइनबाट पेट्रोलियम पदार्थ नेपाल झरिरहेको छ, बिस्तार हुँदैछ । नेपाल–भारत सीमामा एकीकृत र अत्याधुनिक जाँचचौकी निर्माण भए । बीरगन्ज र बिराटनगरमा कार्यान्वयनमा आए ।

नेपालको कनेक्टिभिटी ह्वात्तै बढ्यो उत्तर र दक्षिण दुबैतिर । केपी ओलीले पहिलोपटक प्रधानमन्त्री हुँदा उत्तरसँग अघि बढाएको मित्रताले ऐतिहासिक परिणाम दियो । चीनसँग भएको पारवहन यातायात सम्झौताले उहाँको दोश्रो कार्यकालमा पूर्ण आकार ग्रहण गर्यो । त्यसका प्रोटोकल तयार भए । अव नेपालले चीनका चार बन्दरगाह र तीन सुख्खा बन्दरगाह प्रयोग गर्न पाउँछ । अव कलकत्ता र बिशाखापटनम् बन्दरगाहबाट मात्र बाँधिएको ठान्नु नपर्ने भयो ।

चीनसँग तीन करिडर निर्माण हुँदैछन् । कोशी, गण्डकी र कर्णाली करिडर । केरुङ–काठमाडौं रेलमार्गको पूर्व सम्भाब्यता अधययन सकारात्मक भयो । चीन बिस्तृत परियोजना प्रतिबेदन बनाउन लागेको छ । चीनसँग जोड्ने सडक अन्तगर्त टोखा–छहरे सुरुङ मार्ग सम्भव भएको प्रतिवेदन आयो । नेपालमा टनेल युगको प्रारम्भ भयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई फेरी प्राथमिकतामा राख्नुभयो । चिनियाँ राष्ट्रपति सी चिनफिङले प्राथमिकतामा राख्नुभयो र २३ बर्षपछि उच्चतहको भ्रमण भयो । उहाँले नेपालको भाष्य नै परिवर्तन गरिदिनुभयो । ओलीले भन्नुहुन्थ्यो– नेपाल ल्याण्डलक्ड होइन, ल्याण्डलिङ हो । अर्थात भूपरिबेष्ठित होइन, भूजडित हो । सीले काठमाडौंमै आएर ओलीको कथ्यलाई बल दिनुभयो । उहाँले पारस्परिकता देखाउँदै भन्नुभयो– नेपाललाई भूपरिवेष्ठितबाट भूजडित बनाउन चीनले सहयोग गर्छ ।’ नेपाललाई चीनको रणनीतिक साझेदार बनाउनुभयो, नेपाल बन्यो । यो रणनीतिक साझेदारिता पारस्परिक विकासका लागि हो, राजनीतिक सहकार्यका लागि होइन ।

नेपालले बिद्युत उत्पादन बढायो, बढाउँदैछ । ठूला जलबिद्युत परियोजना निर्माण भइरहेका छन् । ९ सय मेगावाटको अरुण तेश्रो जलबिद्युत परियोजनाको करिव ३० प्रतिशत काम सकिएको छ । सन् २०२३ सम्ममा यो सम्पन्न हुँदैछ । बिजलुमा आत्मानिर्भरपछि निर्यातको तयारीमा प्राधिकरण छ । बिद्युत खपत बढाउँदैछ । १८ घण्टा लोडसेडिङ भएको देश अव बिजुली निर्यातको हैसियतमा पुग्दैछ । भारतले बिजुली किन्दैछ, बंगलादेशले बिद्युत खरिदको सम्झौता गरेको छ । प्रसारण लाइनको निर्माण भइरहेको छ । प्रसारण लाइन निर्माणमा अमेरिका पाँचबर्षे निश्चित अवधिसहितको परियोजना लिएर आएको छ । विवादमा तानिएपनि एमसीसी नेपालको विकासको पक्षमा छ । नेपाल तिब्र आर्थिक भएको देशभित्र परेको छ । अर्थ मन्त्रालयका प्रतिवेदनहरुका अनुसार, नेपालको अर्थतन्त्र सही बाटोमा छ । आर्थिक बृद्धिको लक्ष्य अनुरुप अघि बढेको छ । बिश्वबैंक, एसियाली विकास बैंक, बिश्व मुद्रा कोष, ट्रान्सपरेन्सी इन्टननेशनलका रिर्पोटले त्यही बताउँछन् । भ्रष्टाचार नियन्त्रणमा १२४ औं राष्ट्रबाट ११३ औमा झरेको छ । सन् २०१२ यताकै यो राम्रो विकास हो । सरकारका मन्त्रीलाई राजनीतिक ठान्नेले बिश्वब्यापी प्रभाव भएका संस्थाहरुको रिर्पोटलाई मान्नुपर्छ । हो, विकास खर्चको क्षमता अपेक्षित विकास भएको छैन । डुइङ विजनेश इन्डेक्समा पनि नेपालको सकारात्मक प्रतिष्ठा बन्यो ।

अख्तियार सक्रिय भयो । अख्तियार सरकार होइन तर प्रधानमन्त्री ओलीको भावना अनुसार भ्रष्टाचारबिरुद्धको कारवाहीमा निर्मम हुन खोज्दैछ । चर्चित ललिता निवास प्रकरणमा मन्त्रीसहित १७५ बिरुद्ध मुद्दा दायर भयो । ओलीले आयुक्तलाई त्रिताल समितिको प्रतिवेदन दिए । र, भने कार्यान्वयन गर्नुहोस । नभन्दै चूनौतीपूर्ण खतरा मोल्यो । माथिल्लो स्तरमा पहँुच भएकाहरु धमाधम अख्तियारको नेटभित्र तानिएका छन् । पूर्बप्रमुख आयुक्त, पूर्वआयुक्त, मन्त्री, कर्मचारी सबै छानविनको दायरामा आए, अपराध अनुसारको सजायमा छन् । भ्रष्टाचार बढेको होइन, भ्रष्टाचारबिरुद्धका कारवाही बढेका हुन् । भ्रष्टाचार नियन्त्रणको प्रक्रिया अघि बढेपछि भ्रष्टाचार भएको देखिएको हो । अहिले हरेक कर्मचारी, राजनीतिज्ञ निगरानीमा छ । सानो माछा र ठूलो माछाको प्रश्न होइन, सबैमा पक्राउ परिएला भन्ने त्रास छ । किनकी भ्रष्टाचारबिरुद्ध सरकार एक्सनमा छ । अख्तियार सक्रिय छ ।

हवाई क्षेत्रमा अगामी पाँच बर्षमा तीन खर्ब ३५ अर्ब लगानी हुँदैछ । त्यसले हवाई क्षेत्रको विकास र बिस्तारमा फड्को मार्नेछ । हवाई क्षेत्रमा गेमचेन्जर परियोजना शुरुभएका छन् । गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलको ९० प्रतिशत काम सकिएको छ । केही महिनामा सचालनमा आउँदैछ । पोखरा अन्तराष्ट्रिय विमानस्थल अपेक्षितभन्दा तिब्र निर्माणमा छ, एक बर्षभित्र निर्माण सकिदैंछ । निजगढ अन्तराष्ट्रिय बिमानस्थल पाँच बर्षमा संचालनमा ल्याउने योजनामा सरकार अघि बढ्दैछ ।

सामाजिक विभेद र अन्धबिश्वासबिरुद्ध सरकारले सामाजिक चेतनाको मिसन चलाएको छ । छाउपडी, बोक्सी, दाइजोबिरुद्ध अभियन्ता बन्न सबैलाई सरकारले आग्रह गरेको छ । पश्चिमको छाउपडीबिरुद्धको अभियान प्रभावकारी देखिएको छ । भौतिक रुपमा छाउगोठमात्र भत्केका छैनन्, मनका छाउसमेत हट्दैछन् । मधेशमा छोरी पढाऔं, छोरी बचाऔं अभियान आरम्भ भएको छ । दाइजोबिरुद्धको चेतना बढ्दैछ । दलित, मुस्लिम र पछाडी परेको समुदायलाई मुलधारमा ल्याउने काम भएका छन् । सरकारले तराइ मधेशमा समृद्धिका ठूला ठूला परियोजना संचालन गरिरहेको छ । तराई मधेशका २२ जिल्लाका २७७ स्थानीय तहमा १ अर्ब ६० करोडको लागतमा यस्ता परियोजना संचालन भइरहेका छन् । सरकारले भूमिहिन, सुकुम्वासी र अब्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउँदैछ । त्यसको कानुनी आधार सृजना भएको छ । तीनबर्षभित्र यो समस्याको स्थायी समाधान हुन्छ । नेपाललाई डिजिटल नेपाल बनाउने काम हुँदैछ । सरकारी कार्यालयहरु अटोमेशनमा जाँदैछन् । प्रधानमन्त्री कार्यालयमै बसेर मन्त्रालयका गतिबिध र प्रदेश सरकारका गतिबिधिको अनुगमन गरिरहनु भएको छ । सरकारको दुई बर्षको मुल्याकंन गरिरहँदा सकारात्मक कामको सूची लामो हुन्छ । तर समस्या पनि छन् । प्रधानमन्त्रीको सोच र भावना अनुसार काम गर्ने मन्त्रिपरिषद्का सदस्यहरुले थप प्रभावकारिता देखाउनुपर्छ । मन्त्रालयका राजनीतिक नेतृत्वबीच विकासमा समन्वयको आवश्यकता छ । सरकारका सकारात्मक कामको यथोचित प्रचार भएको छैन ।

आशा र अपेक्षा धेरै छन् । इतिहासमै स्थायी र शक्तिशाली सरकार बन्दा नागरिक अपेक्षा बढ्नु स्वभाविक हो । तिनलाई संवोधन गर्नुपर्छ । तर अस्थिर सरकार हुँदा परोक्ष सत्ता चलाउनेहरुमा अहिले छटपटी छ । ती योजनाबद्धरुपमा सरकारबिरुद्ध लागेका छन् । फेरी कम्युनिष्ट सरकार बारेको बुझाई उही परम्परागत छ । केही घरेलु र अन्तराष्ट्रिय शक्तिले सरकारका हरेक निर्णय र गतिबिधिलाई अधिनायकवादसँग जोड्ने प्रयास गर्छन । तर तीनले शक्ति पाउँदैनन्, पाएका छैनन । किनभने सरकार सही ट्रयाकमा रहेको, समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।