काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कर नबढाएर करको दायरा मात्र बढाउने काम गरेको बताएको छन् । शनिबार संसदको प्रतिनिधिसभा बैठकमा सरकारको दुई वर्ष काम कारबाहीको जनाकारी दिँदै प्रधानमन्त्री सो कुरा उल्लेख गरेका हुन् ।
प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारको पहिलो वर्ष आधार वर्ष भएको र चालु दोस्रो आर्थिक वर्षलाई विकासको आरम्भको वर्ष भएको बताए ।
‘पहिलो वर्षलाई आधार वर्षका रूपमा लिएका थियौं । चालु दोस्रो आर्थिक वर्षलाई विकासको आरम्भको वर्षका रूपमा लिएका छौं,’ उनले भने, ‘नेपालमा गरिबी छ, तर कोही भोकले मर्दैन ।’