काठमाडौं । चीनमा रहेका नेपालीलाई उद्दार गर्न नेपाल एयरलाइन्सको वाइडबडी जहाज वुहान उडेको छ। वुहानमा रहेका १ सय ८५ जना नेपालीलाई उद्दार गर्न वाइडबडी जहाज वुहान उडेको हो।
कोरोनाभाइरसको उद्गमस्थल वुहानमा रहेका नेपालीलाई उद्धार गर्न शनिबार अपरान्ह ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जहाज चीनको वुहानको लागि प्रस्थान गरेको हो। वुहानबाट जहाज आइतबार बिहान सवा दुई बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ।
जहाजमा ३ जना पाइलट, ६ जना क्याबिन क्रू, ४ जना नेपाली सेनाका चिकित्सक र एकरएक जना इन्जिनियर र लोडमास्टर छन्।
चीनस्थित नेपाली दूतावासले हुबेई प्रान्तमा रहेका नेपालीहरूलाई स्वदेश पठाउन राजधानी वुहानमा भेला गरिसकेको छ।