२७ भाद्र २०८३, शनिबार
,
Latest
प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान आसिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत नेपाल भलिबल लिगः आज अन्नपूर्ण र कर्णालीबीच प्रतिस्पर्धा हुने हिमाली विपद् राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती होः परराष्ट्रमन्त्री खनाल संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप जलविद्युत बनाउने कि नबनाउने भन्ने प्रश्न उठ्नु दुःखद्ः डाँगी दक्षिणी लेबनानमा हेजबुल्लाहको दुई किलोमिटर लामो सुरुङ सञ्जाल ध्वस्त पारेको इजरायलको दाबी कम्बोडिया र म्यानमारबीच व्यापार तथा लगानी प्रवर्द्धनसहित चार सम्झौतामा हस्ताक्षर एसीसी प्रिमियर कप : फाइनल खेलमा युएईविरुद्ध आशिफको शतक
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललिता निवास जग्गा प्रकरणमा विष्णु पौडेल निर्दोष छन्: डा. सुन्दरमणि दीक्षित



अ+ अ-

ललिता निवास जग्गा प्रकरणमा विष्णु पौडेल निर्दोष भएको नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले टिप्पणी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली भ्रष्टाचार नियन्त्रणमा वर्तमान असफल भएको पनि उनले आरोप लगाए । उनले भने,‘भ्रष्टाचार नियन्त्रण गर्न पनि ओली असफल भए ।’ बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा जसरी मुद्दा हालियो त्यसमा पनि विभेद भएको उनको टिप्पणी छ ।

उनले भने,‘अख्तियारले गर्नै नहुने काम गर्‍यो । विजय कुमार गच्छदारलाई मुद्दा हाल्दा तत्कालिन प्रधानमन्त्रीलाई किन मुछिएन ? बदमासी गच्छदारको होला तर, त्यतिवेला प्रधानमन्त्री त माधव नेपाल हुनुहुन्थ्यो, उनले किन रोकेनन् । अख्तियारले छोड्नै नहुने थियो ।’

उनले यो प्रकरणमा नेकपाका महासचिव विष्णु प्रसाद पौडेल निर्दोष भएको बताए । उनले भने,‘राजनीतिक रुपमा पनि उनी त्यतिवेला शक्तिमा थिएनन्, उनले पावर लगाउने कुनै कुरै थिएन । उनलाई त दलालले जग्गा देखाए, उनले किनिदिए । म त विष्णु पौडेलका छोरा नवीन पौडेल पनि दोषी भन्दिन । तर, उनीहरुले अहिले जसरी जग्गा फिर्ता गरेर सरकारीकरण गराए, यो त आत्तिएर दिए । मुद्दा लडेको भए हुन्थ्यो । महाबदमासी त्यही क्याविनेटबाट भएको हो ।’ तत्कालीन प्रधानमन्त्री नेपाल दोषी भएको बताउँदै उनले उनलाई अख्तियारले त्यसै छाड्न नहुने तर्क गरे ।

उनले वर्तमान सरकार गठन भएको दुई वर्ष पूरा भएको सुनाउँदै यो अवधिमा सरकारले जनताले देखिनेगरि खासै काम गर्न नसकेको आरोप लगाए । उनले भने,‘सरकारले काम गर्न सकेन् । यो सरकार सफल होईन ।’ बिहीबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।