१८ असार २०८३, बिहीबार
,
Latest
बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण, २९ भूमिहीन परिवार बने जग्गाधनी असई विक मृत्यु प्रकरणः पूर्वसांसद महतोसहित छ जनालाई पाँच वर्ष कैद, तीन जनालाई जन्मकैद सजाय सवारीको ठक्करदिँदा युवकको मृत्यु सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश प्रतिनिधिसभा बैठक बस्दै, यी चार विधेयक पारित गर्ने सरकारको तयारी यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो प्रजातन्त्रमा कस्तो चाहिन्छ नागरिक शिक्षा ? सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कामपा–२६ मा ७७ सिसी क्यामरा फाइबर इन्ट्रानेटमा जडान



फाइल फोटो
अ+ अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिका–२६ ले ७७ वटा सिसी क्यामरालाई फाइवर इन्ट्रानेटमा जडान गरेको छ ।

कामपा–२६ ले आज नेपाल टेलिकमको सहकार्यमा बालाजु क्षेत्रबाट भित्र जडान गरिएका ७७ सिसी क्यामरालाई वडा कार्यालयमा राखिएको मोनिटरबाट हेर्न मिल्नेगरी फाइवर इन्ट्रानेटमा जडान गरेको हो ।

रु एक करोड लागतमा जडान गरिएको उक्त प्रणालीको आज काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं, नगर प्रवक्ता नवीन मानन्धर र कामपा–२६ का वडाअध्यक्ष ख्यामराज तिवारीले संयुक्त रूपमा शुभारम्भ गर्नुभयो ।

कार्यक्रममा कामपा–२६ का वडाध्यक्ष तिवारीले उक्त प्रणालीलाई वडाभरी विस्तार गर्दै लैजाने बताउनुभयो । “वडाभित्र २०० स्थानमा यस्ता क्यामरा जडान गर्नेछौँ, क्यामरा जडान भएसँगै सुरक्षित वडा निर्माणमा सहयोग पुग्नेछ”, उहाँले भन्नुभयो । सुरक्षा, सहरी विकास र विकास व्यवस्थापनका लागि प्रविधिको दिगो पूर्वाधार निर्माण गर्ने तथा सुरक्षा निकायसँग सहकार्य गर्ने योजना रहेको उहाँको भनाइ छ ।

महानगर सूचना प्रविधि विभागका प्रमुख अनिरुद्र नेपालले सहरभित्रका सीसीटिभी क्यामराबाट प्राप्त दृश्यको निगरानी गर्न बालाजु बाइसधारा उद्यान क्षेत्रमा सर्भलेन्स रुम (निगरानी कक्ष) निर्माणका लागि निर्माण पक्षसँग सम्झौता भइसकेको जानकारी दिनुभयो । आज सुरु भएको उक्त प्रणालीलाई महानगरका अन्य वडामा पनि विस्तार गर्दै लैजाने उहाँको भनाइ छ ।

नेपाल टेलिकमका उपप्रबन्धक इञ्जिनियर निर्मलराज चटौतले महानगरपालिकाले हरेक सिसीटिभी क्यामरालाई फाइबर सञ्जालमा जोडेर निगरानी कक्षमा लैजान आफूहरूसँग सहकार्य गरिरहेको बताउनुभयो ।

बत्ती गए पनि यी क्यामरा चल्ने ब्याकअप पावरको व्यवस्था गरिएको छ । पिटीजेड (स्वचालित रूपमा दायाँबायाँ घुम्ने, तलमाथि सर्ने र जुम इन तथा जुम आउट हुने)’ क्यामेराले ५५० मिटरसम्म दूरीका दृश्यहरू स्पष्ट रूपमा खिच्न र कैद गर्न सक्छ । बुलेट क्यामराले ६० मिटरसम्मको स्पष्ट दृश्य दिन्छ । रासस