१८ असार २०८३, बिहीबार
,
Latest
शिक्षामन्त्रीद्वारा त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापाको शपथ अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ मनसुनजन्य सडक अवरोध हटाउन सडक विभागको पूर्वतयारीः देशभर २ सय ७७ उपकरण तैनाथ पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार हुम्लामा सहुलियतको चामल बिक्री सुरु सिटिइभिटिको एकेडेमिक काउन्सिलमा चार विज्ञ नियुक्त संसद्मा विशेष समय जारी, सार्वजनिक खरिददेखि सहकारी संशोधन विधेयकमाथि छलफल हुँदै संसद्मा इन्टरनेट समस्या, प्रतिनिधिसभा बैठकको प्रत्यक्ष प्रसारण प्रभावित विमानस्थलबाट कपडाको ‘कार्गो’मा सुनचाँदीका गहना फेला २०२६ को जुनमा पर्यटक आगमन गत वर्षको तुलनामा १९.५ प्रतिशत वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

महानगरले उठायो चार अर्ब २१ करोडभन्दा बढी राजस्व



अ+ अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको यही पुस नौ गतेसम्म रु चार अर्ब २१ करोड १३ लाख ६७ हजार राजस्व सङ्कलन गरेको छ ।

यसमा आन्तरिक आयतर्फ रु दुई अर्ब ६७ करोड ७३ लाख ८८ हजार, राजस्व बाँडफाँटबाट रु ७७ करोड ९९ लाख ८० हजार, सङ्घ तथा प्रदेश सरकारवाट प्राप्त सशर्त अनुदान रु ७५ करोड ३९ लाख ९८ हजार प्राप्त भएको  महानगर उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिनुभयो ।

समग्र आम्दानीलाई प्रतिशतमा हेर्दा कुल आम्दानीको लक्ष्यअनुसार २७ दशमलव ८६ प्रतिशत र आन्तरिकतर्फ २६ दशमलव ४४ प्रतिशत प्रगति भएको उहाँले बताउनुभयो ।

महानगरले चालु आवका लागि रु १५ अर्ब ११ करोड ४३ लाख ४१ हजार आम्दानी हुने लक्ष्य लिएकामा त्यसमध्ये रु १० अर्ब १२ करोड ६४ लाख आन्तरिक आयको लक्ष्य राखिएको डङ्गोलको भनाइ छ ।

यस्तै, नेपाल सरकार तथा प्रदेश सरकारबाट शसर्त, समानीकरण, राजस्व बाँडफाँटबाट रु चार अर्ब चार करोड ३४ लाख  प्राप्त गर्ने लक्ष्य राखिएको छ । महानगर लेखा समितिका संयोजक गायत्री पुडासैनीका अनुसार यसअघि बेरुजु जनिएको रु २६ करोड ३९ लाख ५१ हजार ७३४ नियमित समपरीक्षण गराउन महालेखा परीक्षकको कार्यालयमा सिफारिस गर्ने प्रस्ताव १८ औँ कार्यपालिका बैठकले गरिसकेको छ ।

आव २०७३/०७४ देखि २०८०/०८१ सम्मको फछ्र्योट हुन बाँकी बेरुजुमध्ये नियमानुसार नियमित गराउनुपर्ने रु २२ करोड ७५ लाख ५१ हजार ७२३ र  समपरीक्षणका लागि प्राप्त रु तीन करोड ६४ लाख ११ रहेको उहाँले बताउनुभयो । रासस