१८ असार २०८३, बिहीबार
,
Latest
अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ मनसुनजन्य सडक अवरोध हटाउन सडक विभागको पूर्वतयारीः देशभर २ सय ७७ उपकरण तैनाथ पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार हुम्लामा सहुलियतको चामल बिक्री सुरु सिटिइभिटिको एकेडेमिक काउन्सिलमा चार विज्ञ नियुक्त संसद्मा विशेष समय जारी, सार्वजनिक खरिददेखि सहकारी संशोधन विधेयकमाथि छलफल हुँदै संसद्मा इन्टरनेट समस्या, प्रतिनिधिसभा बैठकको प्रत्यक्ष प्रसारण प्रभावित विमानस्थलबाट कपडाको ‘कार्गो’मा सुनचाँदीका गहना फेला २०२६ को जुनमा पर्यटक आगमन गत वर्षको तुलनामा १९.५ प्रतिशत वृद्धि रासायनिक मलमा मन्त्री चौधरीको कडा निगरानी, हटलाइनको सूचनाले गुल्मीमा कालोबजारीको पर्दाफास
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्करपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु



अ+ अ-

नवलपरासी। पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा स्करपियोको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।

जिल्लाको गैँडाकोट नगरपालिका–१०, स्थित लांघाली चोकमा आज दिउँसो स्करपियोको ठक्करबाट सोही ठाउँ बस्ने ८२ वर्षीय भुवनसिंह मस्रांगी मगरको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी वीरेन्द्रराज गुरुङले बताउनुभयो ।

नम्बर नखुलेको स्करपियोले पैदलयात्रीलाई ठक्कर दिएर फरार भएको सूचना अधिकारी गुरुङले बताउनुभयो । स्कारपियोको खोजी जारी रहेको उहाँले बताउनुभयो । रासस