१८ असार २०८३, बिहीबार
,
Latest
राष्ट्रियसभामा नौ मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल प्रारम्भ ‘सिग्नेचर व्रिज’ निर्माण अन्तिम चरणमा कर्णाली नदीमा गाडी खस्यो, उद्धार कार्य जारी मन्त्री चौधरी थाइल्याण्डमा बसोबास गर्ने नेपालीबीच छलफल नवनियुक्त सेबोन अध्यक्ष डा.भट्टलाई स्टक ब्रोकर एसोसिएसनको बधाई, पुँजी बजार सुधारमा सहकार्य गर्ने प्रतिबद्धता कर्णाली प्रदेश सरकारको उच्च प्राथमिकतामा मानसिक स्वास्थ्य सिंहदरबार घेराउ गर्न लागेका दृष्टिविहीनहरुलाई प्रहरीले रोक्यो शिक्षामन्त्रीद्वारा त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापाको शपथ अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ मनसुनजन्य सडक अवरोध हटाउन सडक विभागको पूर्वतयारीः देशभर २ सय ७७ उपकरण तैनाथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘स्मार्ट हुलाक सेवाको शुभारम्भ गौरवपूर्ण क्षण’



अ+ अ-

गोरखा। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले देशमा ‘स्मार्ट हुलाक’ सेवाको शुभारम्भ हुनु गौरवपूर्ण क्षण भएको बताउनु भएको छ ।

सञ्चार तथा सञ्चार प्रविधि मन्त्रालयअन्तर्गत हुलाक सेवा विभागको आयोजनामा आज गोरखा हुलाक कार्यालयलाई ‘स्मार्ट हुलाक’ घोषणा तथा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देशमै पहिलोपटक हुलाक कार्यालयलाई स्मार्ट हुलाक घोषणा गरिएको सचिव अर्यालले जानकारी दिनुभयो ।

जनताको घरदैलोसम्म पुग्ने सेवा हुलाक भएकाले सबै सरकारी कार्यालयलाई हुलाकसँग आबद्ध गर्नुपर्ने आवश्यकता औँल्याउँदै सञ्चारसचिव अर्यालले उत्तरी गोरखाको दुर्गम क्षेत्रमा टेलिफोन तथा सञ्चार सेवा विस्तारका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

गोरखा हुलाक कार्यालयका हुलाक अधिकृत विनोदप्रसाद गैरेले गोरखा हुलाक कार्यालयले प्रविधिमैत्री बनाउँदै लगेको र हल्काराहरुलाई समेत प्रविधिसम्बन्धी तालिम प्रदान गरेको बताउनुभयो ।

अनलाइन ‘ट्रयाकिङ प्रणाली’ मार्फत सेवाग्राहीले अहिले आफूले पठाएको सामग्री कहाँ पुग्यो भन्नेर जानकारी पाउनसक्नु हुलाकको बलियो पक्ष भएको उहाँको भनाइ छ । रासस