१८ असार २०८३, बिहीबार
,
Latest
राष्ट्रियसभामा नौ मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल प्रारम्भ ‘सिग्नेचर व्रिज’ निर्माण अन्तिम चरणमा कर्णाली नदीमा गाडी खस्यो, उद्धार कार्य जारी मन्त्री चौधरी थाइल्याण्डमा बसोबास गर्ने नेपालीबीच छलफल नवनियुक्त सेबोन अध्यक्ष डा.भट्टलाई स्टक ब्रोकर एसोसिएसनको बधाई, पुँजी बजार सुधारमा सहकार्य गर्ने प्रतिबद्धता कर्णाली प्रदेश सरकारको उच्च प्राथमिकतामा मानसिक स्वास्थ्य सिंहदरबार घेराउ गर्न लागेका दृष्टिविहीनहरुलाई प्रहरीले रोक्यो शिक्षामन्त्रीद्वारा त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापाको शपथ अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ मनसुनजन्य सडक अवरोध हटाउन सडक विभागको पूर्वतयारीः देशभर २ सय ७७ उपकरण तैनाथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता सुरु



फाइल फोटो
अ+ अ-

पर्वत। पर्वतमा गण्डकी प्रदेशअन्तर्गतका अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ ।

सदरमुकाम कुश्माबजारमा जारी आठौँ पर्वत महोत्सवको अवसरमा रु दुई लाख २२ हजार २२२ राशिको भलिबल प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको पहिलो खेलअन्तर्गत कुश्मा नगरपालिका र बागलुङ नगरपालिकाबीचको खेल सम्पन्न भएको छ ।

सो खेलमा कुश्मा नगरपालिकाले बागलुङ नगरपालिकालाई ३–० को सोझो सेटमा पराजित गरेर दोस्रो चरणमा प्रवेश गरेका छ । अन्य खेलहरु भोलिदेखि सञ्चालन हुने भएका छन् ।

बेस्ट अफ फाइप लिगकम नकआउट चरणमा खेलाइने उक्त खेलमा प्रथम हुनेलाई रु दुई लाख २२ हजार २२२ नगद पुरस्कार, शिल्ड मेडल र प्रमाणपत्र, दोस्रो हुनेलाई रु एक लाख ११ हजार १११, तृतीय हुनेलाई नगद रु ५५ हजार ५५५, शिल्ड मेडल र प्रमाणपत्र तथा सान्त्वना टिमलाई पनि रु २२ हजार २२२ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

साथै उत्कृष्ट विधाहरुलाई पनि पुरस्कार प्रदान गरिने महोत्सवका खेलकुद संयोजक प्रदीप तिमिल्सिनाले जानकारी दिनुभयो । गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कुश्मामा आयोजित आठौँ पर्वत महोत्सव गत बुधबारदेखि सुरु भएको हो ।

महोत्सव यही पुस १९ गतेसम्म सञ्चालन हुने छ ।रासस