१३ भाद्र २०८३, शनिबार
,
Latest
गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा भोटेकोशी बाढीमा ज्यान गुमानेको सङ्ख्या ६१६ पुग्यो चीनको सिजाङस्थित जिरोङ नाकामा ड्रोनमार्फत राहत सामग्री आपूर्ति, ५५४ जना अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘म्यान अफ द गोरखा’ दौडको उपाधि नेपाली सेनाका रोकायलाई



…Dofg ckm b uf]/vfÚ bf}8sf pkflw ljh]tf /f]sfo uf]/vf, !$ k’; M uf]/vfdf ;f]daf/ cfof]lht …Dofg ckm b uf]/vfÚ bf}8 k|ltof]lutfsf] pkflw ljh]tf g]kfnL ;]gfsf /fhg /f]sfo . uf]/vf pBf]u afl0fHo ;+3 uf]/vfn] !@ cf}+ uf]/vf dxf]T;jsf] cj;/df ;b/d’sfddf k|ltof]lutfsf] cfof]hgf u/]sf] lyof] . tl:j/ M bLks >]i7÷/f;;
अ+ अ-

गोरखा । गोरखामा आयोजित ‘म्यान अफ द गोरखा’ दौड प्रतियोगिताको उपाधि नेपाली सेनाका राजन रोकायले जित्नु भएको छ ।

गोरखा उद्योग वाणिज्य सङ्घ गोरखाले १२ औँ गोरखा महोत्सवको अवसरमा आज आयोजना गरेको प्रतियोगितामा कुल ८ किलोमिटर दूरी त्रिभुवन आर्मी क्लबका धावक रोकायले २९ मिनेट ३८ सेकेण्डमा पूरा गरेर उपाधि हात पार्नुभएको हो ।

गोरखा नगरपालिका–५, स्थित ऐतिहासिक पस्लाङ चौताराबाट सुरु भएको दौड हनुमान भञ्ज्याङ हुँदै गोरखा दरबार परिसरमा समापन भएको थियो । प्रतियोगितामा नेपाली सेनाकै गणेश रावलले ३० मिनेट १८ सेकेण्डमा दौड पूरा गर्दै दोस्रो हुनुभएको सङ्घका अध्यक्ष भगवान् बाबु मास्केले जानकारी दिनुभयो ।

त्यस्तै त्रिभुवन आर्मी क्लबका अर्का धावक टङ्कबहादुर कार्कीले निर्धारित दूरी ३० मिनेट ५९ सेकेण्डमा पूरा गरेर प्रतियोगिता तेस्रो हुनुभएको छ । प्रतियोगितामा नेपाल प्रहरीका सन्तोषनाथ योगीले सान्त्वना स्थान प्राप्त गर्नुभएको छ । उहाँले निर्धारित दूरी ३१ मिनेट २५ सेकेण्डमा पूरा गर्नुभएको थियो ।

त्यस्तै सशस्त्र प्रहरी वलकी धाविका आष्मा बिकले निर्धारित दूरी ४२ मिनेट १० सेकेन्डमा पूरा गरेर सान्त्वना स्थान हासिल गर्नुभएको छ । प्रतियोगितामा प्रथम हुनेलाई नगद रु ३० हजार, द्वितीयलाई रु २० हजार र तृतीयलाई रु १० हजार र सान्त्वनालाई रु ५ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ । रासस