१८ असार २०८३, बिहीबार
,
Latest
शिक्षा नियमावलीको १०औँ संशोधन स्वीकृत प्रतिपक्षको अवरोधका कारण मधेस प्रदेशसभाको बैठक स्थगित कोशी प्रदेशसभाको बैठक लगातार तीन दिन स्थगन श्रममन्त्री यादव भन्छन्ः ढुक्क हुनुस्, हामी देश यसैपालि बनाउँछौँ आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिदैँ, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी सरुवा वा अवकाशपछि पनि चार हजार बढी विमानस्थल प्रवेश पास सक्रिय, निष्क्रिय बनाउने काम सुरु सरकारले सगरमाथाको आरोहण रोयल्टी वृद्धि गर्नुपर्दछः एमाले सांसद शेर्पा सरकारले सुकुम्बासीहरुको तत्कालको समस्या पनि सम्बोधन हुनेगरी बजेटको व्यवस्था गर्न सकेनः नेकपा सांसद राई सम्पती शुद्धीकरण विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राखेर ‘पोलिटिकल ह्यारेसमेन्ट’को कुसंस्कार बसाइएको थियोः अर्थमन्त्री वाग्ले विष्णु पौडेलविरुद्ध तेस्रो पटक म्याद थप, थप ६ दिन हिरासतमा राख्न अनुमति
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाजामा आएको आँधीमा एक बालक र एक महिलाको मृत्यु



अ+ अ-

काठमाडौँ। गाजा पट्टीमा आएको भीषण आँधीका कारण एक बालक र एक महिलाको मृत्यु भएको सो क्षेत्रको नागरिक रक्षा निकायले घोषणा गरेको छ ।

निकायका प्रवक्ता महमुद बासलले एक प्रेस विज्ञप्तिमार्फत भारी हावाहुरी र वर्षाका क्रममा सात वर्षीय बालकको इनारमा खसेर र ३० वर्षीया महिलाको पर्खाल भत्किँदा मृत्यु भएको जानकारी दिनुभयो ।

बासलकाअनुसार नागरिक रक्षा टोलीले वर्षाको पानीले भरिएका दर्जनौं पालहरूमा उद्धार कार्य गर्दै बासिन्दाहरूलाई पानी बाहिर फाल्न र नाला सफा गर्न सहयोग गरिरहेका छन् ।

मध्य गाजाको देइर अल–बलाहका मेयर निजार अयाशले सहरका अधिकांश विस्थापित शिविरहरू हिलोको दलदलमा परिणत भएको र नगरपालिकामा पर्याप्त सहयोग उपलब्ध गराउन स्रोत र उपकरणको अभाव रहेको बताउनु भयो ।

क्षेत्रको आपतकालीन सञ्चालन कक्षले गाजा पट्टीमा विस्थापित परिवारहरूलाई सुरक्षित आश्रय दिन तत्काल करिव २० लाख प्रिफ्याब्रिकेटेड आवास एकाइहरूको आवश्यकता रहेको जनाएको छ ।

एजेन्सीले आँधीले कमजोर पालहरू नष्ट गरेको र क्षतिग्रस्त घरहरू आंशिक रूपमा भत्किएकाले चिसो मौसममा बासिन्दाहरू गम्भीर जोखिममा रहेको चेतावनी दिएको छ ।

सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।