१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य क्षेत्रमा सरकारी र गैरसरकारी निकायबीच सहकार्य आवश्यकः पूर्वराष्ट्रपति यादव



अ+ अ-

धनुषा। पूर्वराष्ट्रपति डा रामवरण यादवले स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन सरकारी र गैरसरकारी निकायबीच सहकार्य जरुरी रहेको बताउनुभएको छ ।

आज धनुषाको हंसपुर नगरपालिका–६ टिल्हीस्थित तपसी बाबा विद्यालयमा आयोजित बृहत् निःशुल्क स्वास्थ्य शिविर उद्घाटन गर्दै उहाँले बिग्रँदै गएको स्वास्थ्य अवस्थामा सुधारका लागि आफ्नै खेतबारीमा उत्पादित खाद्यान्न सेवन गर्न सुझावसमेत दिनुभयो ।

समाज सेवाभन्दा ठूलो धर्म अरु केही नभएको भन्दै पूर्वराष्ट्रपति डा यादवले स्वास्थ्य शिविर आयोजना गरेर राम्रो काम गरिएको भन्दै आयोजकको प्रशंसा गर्नुभयो ।

नेपाली कांग्रेसका नेता रामकृष्ण यादवले दुर्गम क्षेत्रमा विशेषज्ञसहित बृहत् स्वास्थ्य शिविर र निःशुल्क औषधि वितरण कार्यक्रम गरेर सराहनीय काम गरिएको बताउनुभयो । उहाँले शिविरमा उपचार गराएर स्वास्थ्यलाभ लिनका लागि सबैलाई आग्रह गर्नुभयो ।

हंसपुर नगरपालिका उपप्रमुख दुर्गीदेवी मण्डलले हंसपुरमा नेपाल–भारतका विशेषज्ञ चिकित्सकको सहभागितामा सुरु भएको स्वास्थ्य शिविरबाट धेरै जना लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।

शिविरका आयोजक समाजसेवी गङ्गाराम यादवले यस क्षेत्रका गरिब तथा विपन्न जनताले भारत तथा काठमाडौँमा उपचार गर्न बाध्य हुनुपरेको भन्दै शिविरबाट केही राहत हुने बताउनुभयो ।

कार्यक्रममा मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा दिग्विजयकुमार ठाकुर, तपसी बाबा विद्यालयका प्रधानाध्यापक मदनकुमार महरा, वरिष्ठ चिकित्सक डा गौराङ्ग मिश्र, जनकपुरधामका पूर्वनगरप्रमुख बजरङ्गप्रसाद साहलगायतले सम्बोधन गर्नु भएको थियो ।

शनिबारसम्म सञ्चालन हुने शिविरमा मुटु, मिर्गौला, बाँझोपन, स्त्री, बालरोग, नाक, कान, घाँटी, हाडजोर्नी, आँखाका साथै सामान्य उपचारसहित निःशुल्क औषधि वितरण गर्ने कार्यक्रम रहेको छ । रासस