१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिसो बढेपछि बाँकेमा दाउरा वितरण



अ+ अ-

बाँके। चिसो बढ्दै गएपछि आगो ताप्नका लागि बाँकेका स्थानीय तहले १५ हजार क्यूफिट दाउरा वितरण गरेको छ।

जिल्लाका स्थानीय तहले तोकिएको राजस्वको २५ प्रतिशत शुल्क बुझाएर डिभिजन वन कार्यालयबाट अहिलेसम्म १५ हजार क्यूफिट दाउरा लिएको वन कार्यालयका सूचना अधिकारी टङ्क गुरुङले जानकारी दिनुभयो ।

उहाँले अहिलेसम्म नेपालगन्ज उपमहानगरपालिकाका केही वडा, कोहलपुर नगरपालिका, जानकी गाउँपालिका, डुडुवा गाँउपालिकाबाट दाउराको मागबमोजिम वितरण भएको जानकारी दिँदै अझै केही पालिकाबाट माग आउन सक्ने बताउनुभयो ।

“चिसो बढ्दै गएको छ र दाउराको माग पनि बढ्ने क्रम जारी छ”, उहाँले भन्नुभयो । चिसो बढेपछि केही दिनमै सो परिमाणमा दाउरा वितरण भएको थियो ।

नेपालगन्ज उपमहानगरपालिकाका विपद् सम्पर्क व्यक्ति दीपेन्द्र श्रेष्ठले नेपालगन्जका केही वडाले आगो ताप्नका लागि आफै दाउरा खरिद गरेको र पालिकास्तरबाट पनि दाउरा खरिदका लागि पत्राचार गरिएको जानकारी दिनुभयो ।

उहाँले वन कार्यालयलाई पत्राचार गरिएको र छिट्टै खरिद गरेर सार्वजनिक स्थानमा आगो ताप्ने प्रबन्ध हुन लागेको बताउनुभयो । विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८२ अनुसार पालिकाले वन कार्यालयसँग सुलभ मूल्यमा दाउरा माग गर्ने निर्णय भएको बताइएको छ ।

स्थानीय तहले डिभिजन वन कार्यालयबाट दाउरा खरिद गरेर नेपालगन्ज र आसपासका सार्वजनिक क्षेत्रमा आगो ताप्ने प्रबन्ध गर्न लागेका हुन् । जिल्ला विपद् व्यवस्थापन समितिले २०८२ का लागि तयार गरिएको शीतलहर पूर्वतयारी तथा प्रतिकार्य योजनामा यस वर्षको चिसोमा शीतलहरबाट बाँकेमा ३५ हजार ५७२ परिवारका एक लाख ७९ हजार २२० सर्वसाधारण प्रभावित हुने पूर्वानुमान गरिएको छ ।

बाँकेका सबै स्थानीय तह शीतलहरबाट प्रभावित हुनसक्ने भएकाले त्यसको सबैभन्दा बढी प्रभाव सहरभन्दा गाउँ क्षेत्रमा बढी पर्ने अनुमान छ । रासस