६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

ठेकेदार कम्पनी: करोडौंको ठेक्का ओगट्ने मात्रै, काम भने अलपत्रै

ठेकेदार कम्पनी: करोडौंको ठेक्का ओगट्ने मात्रै, काम भने अलपत्रै
अ+ अ-

देशभरका पुलको काम पप्पु कन्सट्रक्सनको कब्जामा

काठमाडौं । अधिकांश आयोजनाले समयमा काम नगरेर ठेक्का अलपत्र पारेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निकालेको पछिल्लो तथ्यांकमा आधा काम गरेर ठेक्का अलपत्र पार्ने काम बढेको उल्लेख गरेको छ । काठमाडौंको चावहिल जोरपाटी सडक विस्तार तथा निर्माणका लागि सहरी विकास मन्त्रालयमार्फत बज्रगुरु कम्पनी, च्यांमिला कम्पनी र खानी जेभी निर्माण सेवाले १३ असोज २०७२ मा ठेक्का पाएर १४ पुस २०७४ मा सम्पन्न गर्नुपर्ने थियो । संयुक्त रूपमा तीनवटा कम्पनीले अहिलेसम्म सो काम पूरा गर्न सकेका छैनन् ।

३१ अर्ब ८१ करोड ४७ लाख रुपैयाँको सो ठेक्काको काम हालसम्म ६५ प्र्रतिशत मात्रै पूरा भएको छ । स्थानीयले सो सडक निर्माण र विस्तार समयमा नभएको भन्दै पटकपटक आन्दोलन गरे, तर अझै सम्पन्न हुन सकेको छैन । यो त एउटा उदाहरण मात्रै हो । समयमा काम नगर्ने र ठेक्का सम्झौता थप गरेर काम बीचैमा छाड्ने प्रवृत्ति पछिल्लो समय देशभर बढेको छ । साउद र स्वाँर जेभी निर्माण कम्पनीले ठेक्का पाएको महेन्द्रनगरमा रहेको गजवा नाला पुल २२ मंसिर २०७२ मा ठेक्का लिएर २१ फागुन २०७३ मा काम सम्पन्न गर्नुपर्ने थियो । काम सम्पन्न नभएपछि ११ फागुन २०७५ सम्म समय अवधि थपियो ।

तर, हालसम्म ६० प्रतिशत मात्रै काम पूरा भएको छ । दुईवटा निर्माण कम्पनीले २६ करोड ६१ लाख रुपैयाँमा पुल निर्माणको ठेक्का लिएका हुन् । पप्पु कन्सट्रक्सन र मृत सञ्जिवनी निर्माण सेवा कम्पनीले सप्तरीको माहुलीघाडन खोलाको पुल निर्माणका लागि ३१ असार २०७१ मा ठेक्का पाएर दुई वर्षमा निर्माण सम्पन्न गर्ने जिम्मा पाएको थियो । काम पूरा नभएपछि २९ असार २०७४ सम्म समय थप भयो । तर, समय थप हुँदा पनि ६० प्रतिशत मात्रै काम पूरा भएको छ । ५ करोड ४२ लाख ९५ हजार रुपैयाँमा सो ठेक्का लिएको थियो । त्यस्तै पप्पु निर्माण सेवा र शिवराम जेभीले रौतहटको चाँदी नदी पुल निर्माण गर्नेगरी ३१ असार २०७३ मा ठेक्का सम्झौता गरेको थियो ।

तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि कामको प्रगति भने ५० प्रतिशत मात्रै छ । सो पुल निर्माणका लागि ती दुई कम्पनीले २५ करोड ३६ लाख २४ हजारमा रुपैयाँमा ठेक्का सम्झौता गरेका थिए । दुईपटक पेस्की लिएको सो कम्पनीले सो पुलको काम अलपत्र पारेका छन् ।मैनाचुली र अञ्जना आत्रेय जेभीले बाग्मती नदी नियन्त्रण आयोजनाका लागि २ करोड २६ लाख ५१ हजार रुपैयाँमा ठेक्का पाएको थियो । सो काम दुई वर्षभित्र पूरा गर्नेगरी १४ फागुन २०७० मा ठेक्का सम्झौता भए पनि कामको प्रगति ६० प्रतिशत मात्रै छ । सो अवधिमा काम पूरा नभएपछि ३१ असार २०७६ सम्म समयावधि थप भएको थियो ।

कन्काइ इन्टरनेसनल बिल्डर्स निर्माण कम्पनीले दोलखाको तामाकोसी पुल निर्माणका लागि २ करोड १२ लाख ३७ हजार रुपैयाँमा २५ असार २०७० मा सम्झौता भई तीन वर्षभित्र काम सम्पन्न गर्ने ठेक्का लिएको थियो । तर, सो कामको प्रगति हालसम्म ६० प्रतिशत मात्रै छ । इलाइट र मोना जेभी कन्सट्रक्सन प्रालिले संयुक्त रूपमा मकवानपुरमा रहेको बंगारी खोला पुल निर्माणका लागि पाएको ठेक्का सम्झौताको काम ३० प्रतिशत मात्रै पूरा भएको छ । २४ असार २०७१ मा ठेक्का सम्झौता भई दुई वर्षमा पूरा गर्ने लक्ष्य राखिएको थियो । सो ठेक्का दुई निर्माण कम्पनीले संयुक्त रूपमा ५ करोड ४५ लाख ४५ हजार रुपैयाँ लागतमा निर्माण गर्नेगरी लिएको हो ।

वाईपी कन्सट्रक्सन प्रालिले रुकुमको भेरी खोला पुल निर्माणका लागि १३ करोड १३ लाख ५२ हजार रुपैयाँमा लिएको ठेक्काको प्रगति २५ प्रतिशत मात्रै छ । २९ असार २०६९ मा ठेक्का सम्झौता भएको सो काम तीन वर्षभित्र पूरा गर्नुपर्ने थियो । तर, निर्माण सम्पन्न हुन नसकेपछि आधार र कारण देखाएपछि ३० असार २०७५ सम्म निर्माण सम्पन्न गर्नेगरी समय थपिएको थियो । हाल सो पुल निर्माणको काम अलपत्र छ । सिराहामा दुईकोठे प्रसूति भवन निर्माणका लागि सहरी विकास मन्त्रालयअन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभागले १ असार २०६६ मा अमित निर्माण सेवालाई ठेक्का दिएको थियो । तर, ११ वर्ष पुग्न लाग्दासमेत भवन बनेको छैन ।

कागवेनी खोला पुल निर्माणका लागि गल्फा÷रफिना जेभीले २ करोड ८८ लाख ५१ हजार लागतमा ठेक्का पाएको थियो । तर, समयावधि गुज्रदासम्म सो ठेकेदार कम्पनीले ४५ प्रतिशत मात्रै काम गरेको छ । झाज नदी पुल, रौतहटको ठेक्का पाएको मृत सञ्जीवनी निर्माण सेवा कम्पनीले २२ असार २०७१ मा ठेक्का सम्झौता भई दुई वर्षमा काम गर्नुपर्ने भए पनि ६ महिना समय थप भयो । तर, समयावधि थपेको समयमा पनि ४० प्रतिशतभन्दा बढी काम गर्न सकेन । सोही निर्माण सेवा कम्पनीले झर्ने खोला पुल शहीद मार्ग रोल्पामा पाएको दुई करोड १६ लाख ३८ हजारको काम २१ प्रतिशत मात्रै पूरा गरेको छ । सो निर्माण कम्पनीले ३० असार २०७३ मा ठेक्का लिएको थियो । तर, काम पूरा हुन नसक्दा २५ असार २०७६ सम्म समय थप भए पनि काम पूरा हुन सकेन ।

कोसी एन्ड न्यौपाने निर्माण सेवा खोरुंगा खोला पुल निर्माणको काम २० प्रतिशतभन्दा बढी काम गर्न सकेको छैन । पप्पु कन्सट्रक्सन र मृत सञ्जिवनी जेभीले संयुक्त रूपमा लिएको उदयपुरको गिदेरी खोला पुलको काम ४१ प्रतिशत मात्रै पूरा भएको छ । १५ करोड १३ लाख ८२ हजारको सो ठेक्का आयोजना ३१ असार २०७१ मा ठेक्का सम्झौता भई दुई वर्षमा काम पूरा हुनुपर्नेमा नसकेपछि एक वर्ष समय थप भएको थियो । पप्पु कन्सट्रक्सनले लालबकैया नदी पुल, रौतहटमा रहेको निर्माणाधीन १७ करोड ९ लाख ६७ हजारको पुल अलपत्र भएको छ । सो पुलको काम हालसम्म ४५ प्रतिशत मात्रै पूरा भएको छ ।

पप्पु कन्सट्रक्सनले लिएको पर्साको तिलेवा खोला पुल निर्माणको काम वर्षौदेखि अलपत्र छ । २७ साउन २०६७ मा ठेक्का सम्झौता भई दुई वर्षको समयावधिमा पूरा गर्नुपर्ने काम पूरा हुन नसकेपछि १४ फागुन २०७५ सम्म समय थप भयो । तर, पप्पुले ४० प्रतिशत काम पूरा गरेर अलपत्र छाडेको छ । त्यस्तै, पप्पुले नै झापाको कन्काइ पुल निर्माणको काम अपुरो छाडेर अलपत्र पारेको छ । २० असार २०७४ मा ठेक्का सम्झौता गरेर लिएको कामको प्रगति ४९ प्रतिशत मात्रै छ । १७ करोड ४६ लाख ३३ हजारमा ठेक्का सम्झौता भई तीन वर्षभित्रमा निर्माण गर्नुपर्ने त्रिशूली नदी पुलको प्रगति ११ प्रतिशत मात्रै छ । पप्पुले ठेक्का पाएको तातु नदी पुलको काम ३२ प्रतिशतभन्दा बढी हुन सकेको छैन ।

पप्पुले काठमाडांै तीनकुनेमा रहेको बाग्मती नदीमा नेटवर्क आर्क ब्रिजको काम अझैसम्म अलपत्र छ । २१ करोड ३३ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको पुल निर्माणको प्रगति १६ प्रतिशतभन्दा बढी हुन सकेको छैन । ९ साउन २०७१ मा ठेक्का सम्झौता भई चार वर्षभित्र पूरा गर्नुपर्ने काम अलपत्र छ । त्यस्तै, भरहवामा रहेको डोन्डा पुल निर्माणको सम्झौताको समयावधि पूरा भए पनि ४० प्रतिशतभन्दा बढी काम हुन सकेको छैन । कान्छाराम र एनवी जेभी कन्सट्रक्सनले संयुक्त रूपमा ठेक्का पाएको उत्तर दक्षिण कोसी सडक आयोजनाको काम नै हुन सकेको छैन । सो सडकको काम १० प्रतिशत मात्रै पूरा भएको छ ।

काभ्रेमा जनस्वास्थ्य चौकी निर्माणका लागि सहरी विकास तथा भवन निर्माण विभागले योञ्जन निर्माण सेवालाई ३० असार ०६९ मा ठेक्का लगायो । ३० भदौ २०७० सम्ममा निर्माण सम्पन्न गर्ने सम्झौता थियो । तर, कामसमेत सुरु भएको छैन । सप्तरीको घोडदह खोलामा पुल बनाउन सडक विभागले ६ साउन २०६६ मा प्रकाश र आश्रय निर्माण सेवा जेभीलाई ठेक्का दियो । सम्झौताअनुसार ५ साउन ०६८ सम्ममा निर्माण नसकिएपछि ४ माघ ०६९ सम्मका लागि म्याद थपियो । तैपनि, अहिलेसम्म पुल बनेको छैन । निर्माण प्रगति ६० प्रतिशत मात्रै छ ।

संखुवासभा र भोजपुर जोड्न अरुण नदीमा पुल बनाउन सडक विभागले २४ असार २०७० मा सक्ने गरी २५ असार २०६७ मा स्वच्छन्द निर्माण सेवा लिमिटेडलाई ठेक्का दियो । समयमा काम नसकिएपछि २४ असार २०७४ सम्मका लागि म्याद पनि थप गरियो । तैपनि, अहिलेसम्म पुल बनेको छैन, एकचौथाइ काम मात्र भएको छ । पर्साको भेडिहारी उपस्वास्थ्य चौकी स्तरोन्नतिका लागि १७ असार २०६८ मा भवन निर्माण विभागले स्वास्तिक श्री विनायक निर्माण सेवालाई ठेक्का दियो । १६ भदौ २०६९ मा सम्पन्न गरिसक्नुपर्ने काम नसकिएपछि १६ फागुन २०६९ सम्मका लागि म्याद थप गरियो । फेरि पनि ठेक्काको प्रगति २५ प्रतिशत मात्र छ । राजधानी दैनिकबाट