१३ भाद्र २०८३, शनिबार
,
Latest
गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा भोटेकोशी बाढीमा ज्यान गुमानेको सङ्ख्या ६१६ पुग्यो चीनको सिजाङस्थित जिरोङ नाकामा ड्रोनमार्फत राहत सामग्री आपूर्ति, ५५४ जना अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

महोत्तरीमा चिसोका कारण एक सातादेखि जनजीवन प्रभावित



अ+ अ-

जलेश्वर । पछिल्लो एक सातायतादेखि चिसो अत्यधिक बढेसँगै जिल्ला सदरमुकाम जलेश्वरसहित मध्यवर्ती, पश्चिमवर्ती तथा दक्षिणवर्ती क्षेत्रका नागरिकको जनजीवन प्रभावित भएको छ ।

शीतलहर, चिसो कठ्याग्रिङ्दो हावा, हुस्सु र बाक्लो कुहिरोका कारण यही पुस ४ गतेदेखि मौसम प्रतिकूल हुँदा सर्वसाधारणका साथै पशुचौपाया, पशुपक्षी तथा बालीनाली सबै प्रभावित भएका छन् ।

निरन्तरको बढ्दो जाडोका कारण यो वर्ष कुनै मानवीय क्षति नभए पनि जिल्लाको मध्यवर्ती, पश्चिमवर्ती तथा पूर्व दक्षिणवर्ती विभिन्न गाउँबस्तीका सर्वसाधारणको दैनिकी कष्टकर बनेको स्थानीय बताउँछन् ।

चिसोका कारण मानिसले कुनै पनि कामकाज गर्न पाएका छैनन् भने बालबालिका र वृद्धवृद्धा बिरामी हुने क्रम बढेको प्रादेशिक अस्पताल जलेश्वरका प्रमुख डा विकास साहले बताउनुभयो । उहाँका अनुसार अस्पतालमा अहिले दैनिक १५० देखि २०० सम्म बिराम आउने गरेका छन् ।

बारी तथा खेतमा लगाइएको हिउँदेबाली, दलहन र तरकारी पनि चिसोका कारण कुहिन थालेका किसानले बताएका छन् । चिसोका कारण जिल्ला सदरमुकाम जलेश्वरसहित सहरी तथा ग्रामीण भेगमा मानिसको चहलपहलमा कमी आएको छ । यसैबीच, जिल्लाका विभिन्न बजारमा बाक्लो ऊनीका कपडाको बिक्री भने बढेको व्यापारी बताउँछन् ।

जिल्लाका निजी क्लिनिक, स्वास्थ्य केन्द्रलगायत जिल्ला अस्पतालमा चिसोका बिरामीको सङ्ख्या वृद्धि भएको प्रादेशिक अस्पतालका प्रमुख डा साहले बताउनुभयो । बढ्दै गरेको चिसोलाई मध्यनजर गर्दै जिल्ला विपद् व्यस्थापन समितिले जिल्लाका १५ वटै पालिकालाई आइपर्ने विपद्सँग जुध्नका लागि तयार भएर बस्न निर्देशन दिएको छ ।

प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले जिल्ला वन कार्यालयसँग समन्वय गरी सबै पालिकामा उचित दररेटमा दाउरा उपलब्ध गराउन पहल गर्नुका साथै सबै पालिका प्रमुखसँग जनताको जीउज्यान रक्षाका लागि चोकचोक र गाउँगाउँमा दाउरा बाल्न आग्रह गर्नुभएको हो ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीले जिल्लाका नागरिकलाई चिसो बढिरहेकाले आवश्यक नपरेको खण्डमा घरमा बस्न र बाहिर ननिस्कन आग्रह गरेको छ । रासस