२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

पन्ध्र शैयाको अस्पताल बन्दा स्थानीयवासीमा खुशी



अ+ अ-

डोटी । जिल्लाको जोरायल र बोगटान फुड्सिल गाउँपालिकाको केदारअखडा प्राथमिक स्वास्थ्य केन्द्रमा १५ शैयाको अस्पताल बन्ने भएको छ । जोरायलको प्राथमिक स्वास्थ्य केन्द्र सरस्वतीनगर र बोगटान फुड्सिल गाउँपालिकाको केदारअखाडा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गरी १५ श्ययाको अस्पताल बनाइने भएको हो । चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा आगामी पाँच वर्षभित्र यहाँका सबै स्थानीय तहमा न्यूनतम १५ श्ययाको अस्पताल निर्माण गर्ने कार्यक्रम छ ।

जोरायल र बोगटान फुड्सिल गाउँपालिकामा १५ शैयाका अस्पताल बन्ने भएपछि त्यहाँका स्थानीयवासी निकै खुशी भएका छन् । उक्त कामका लागि नेपाल सरकार र स्थानीय तहको संयुक्त लागत रहने जनाइएको छ । त्यसको सफल कार्यान्वयनका लागि विभिन्न मन्त्रालयसँगको राय एवं परामर्शपछि कार्यविधि तयार गरी मन्त्रिपरिषद्मा स्वीकृतिका लागि पठाइनेछ । उक्त व्यवस्थालाई कार्यान्वयन गर्नका लागि प्रदेश तथा स्थानीय तहले आ–आफ्नो क्षेत्राधिकारभित्रका प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्यचौकीलाई १५ र २५ श्ययामा स्तरोन्नतिको प्रक्रिया अघि बढाइदिन भन्दै स्वास्थ्य मन्त्रालयमा निवेदन दिएका थिए ।

सम्बन्धित स्थानीय तहमा एक प्राथमिक स्वास्थ्य केन्द्र रहेका र नरहेका स्थानीय तहमध्येबाट प्राथमिक अस्पतालका लागि सम्बन्धित स्थानीय तहबाट अस्पतालमा स्तरोन्नति लागि सिफारिस आएका स्वास्थ्यचौकीलाई १५ श्ययाको अस्पतालमा स्तरोन्नति गर्न लागिएको छ । जोरायल र बोगटान फुड्सिल गाउँपालिकामा १५ शैयाका अस्पताल बन्ने भएपछि यहाँ निकै खुशी छाएको स्थानीयवासी बमबहादुर बमले बताए ।