११ असार २०८३, बिहीबार
,
Latest
सीमा नाकामा सहजीकरण गर्न ‘बोर्डर इन्ट्रयाक्सन टिम’ गठनको तयारी हाम्रो भविष्य बर्बाद भयो भन्दै विद्यार्थीको प्रदर्शन -तस्बिरहरु मनसुन प्रतिकार्यका लागि ५४ स्थानमा सशस्त्रका अस्थायी वेश जनविश्वास बिना सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री मौन महामारी: भीड छ तर हरेक मान्छे एक्लो छ देशभर १० हजारभन्दा बढी एन्टि–रेबिज खोप मौज्दात, थप ४,५०० भायल आउँदै विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ : सञ्चारमन्त्री तिमिल्सिना रास्वपाको पहिलो चरणको मतदान सकियो, पदाधिकारी चयनको प्रक्रिया अब सुरु हुने सरकारी आश्वासनपछि झापा–इलामका बन्द चिया उद्योग पुनः सञ्चालनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाडीको ठक्करबाट एक जनाको मृत्यु, सवारी साधन ठप्प



अ+ अ-

सुर्खेत । सुर्खेतमा को गाडीले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। जिल्लाको भेरीगंगा नगरपालिका–१२ छिन्चुमा गाडीले ठक्कर दिँदा भेरीगंगा–४ का राजु बोहराको मृत्यु भएको हो।

मंगलबार राति पौने ९ बजे बा ३ ख ६३५२ नम्बरको गाडीको ठक्करबाट घाइते भएका बोहराको उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो।

प्रहरीका अनुसार मृतक बोहरा आफू सवार भे ४ प ६३३८ नम्बरको मोटरसाइकल रोकेर बाटोमा हिँडिरहेको अवस्थामा गाडीले ठक्कर दिएको थियो।

यस्तै मृतकका आफन्तले क्षतिपूर्तिको माग गर्दै सवारी साधन चल्न दिएका छैनन्। आफन्तले बाटो बन्द गराएपछि वीरेन्द्रनगर हुँदै नेपालगञ्ज, जाजरकोट तथा सुर्खेतका अन्य पूर्वी क्षेत्रमा चल्ने सवारी साधन ठप्प भएका छन्।